पूर्वराष्ट्रपति भण्डारीले गरिन् सरकारी सेवासुविधा फिर्ता , एमालेको राजनीतिमा सक्रिय हुने घोषणा

 

काठमाडौं ।  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राज्यको तर्फबाट प्राप्त गर्दै आएको सेवा सुविधा  आजैदेखि त्यागेकी छन् । नेकपा एमालेको राजनीतिमा सक्रिय हुने घोषणा गरेलगत्तै भण्डारीले सेवा सुविधा छोडेकी हुन् । पूर्वराष्ट्रपति भण्डारीले गृहमन्त्रालयमा सरकारी सेवासुविधा फिर्ताको निवेदन दिएकी छन् ।

Nepal life insurance

पूर्वराष्ट्रपति भण्डारीले सरकारले पूर्वराष्ट्र प्रमुखलाई प्रदान गर्दै आएको सेवा सुविधा त्यागेको पत्र गृहमन्त्रालयमा बुधबार दर्ता भएको छ । भण्डारीको सचिवालयबाट आएको पत्र दर्ता भई सम्बन्धित शाखामा पठाइएको गृह मन्त्रालयले जनाएको छ ।

सरकारले प्रदान गरेको सेवा सुविधा परित्याग गर्ने भण्डारी सम्भवतः पहिलो नेता बनेकी छन् । प्रधानमन्त्री र सभामुख भइसकेका नेताहरू सरकारी सेवा सुविधा लिएरै पार्टीको कार्यकारी भूमिकामा सक्रिय छन् । अनेकौ टिकाटिप्पणीकाबीच एमालेको राजनीतिमा फर्किएकी भण्डारीलाई एमालेको आगामी अध्यक्षका रुपमा हेरिएको छ ।

-SP

 

Nepal life insurance

 

अन्य समाचारहरु