लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित

 

बुटवल । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ को बजेट बहुमतले पारित भएको छ । बुधबार बसेको प्रदेश सभाको बैठकले आर्थिक वर्ष २०८२/०८३ को बजेट बहुमतले पारित गरेको हो ।

Nepal life insurance

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९१ करोडको बजेट प्रस्तुत गरेको थियो । पारित बजेटमध्ये चालु खर्चतर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार रुपैयाँ (कुल बजेटको ३०.८८ प्रतिशत) र पुँजीगत खर्चतर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार रूपैयाँ (कुल बजेटको ६०.३२ प्रतिशत) विनियोजन गरिएको छ ।

 

Nepal life insurance