बैंक घोटालाः कर्णाली विकास बैंक घोटाला एमाले केन्द्रीय सदस्य पशुपतिदयाल मिश्र पक्राउ

 

काठमाडौं । कर्णाली विकास बैंक घोटाला प्रकरणमा बैंकका तत्कालीन अध्यक्ष पशुपति दयाल मिश्र पक्राउ परेका छन् ।

Nepal life insurance

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले कर्णाली विकास बैंकका तत्कालीन अध्यक्ष मिश्रलाई बाँकेको नेपालगञ्जबाट पक्राउ गरेको प्रवक्ता युवराज खड्काले जानकारी दिए ।

नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका मिश्र २०६६ देखि २०७५ सालसम्म बैंकको अध्यक्ष थिए । कर्णाली विकास बैंक घोटाला प्रकरणमा प्रहरीले  यसअघि बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय र तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरीलाई पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरूमाथि बैंकिङ कसुर तथा सजाय ऐन– २०६४ अन्तर्गतको कसुरमा नेपाल राष्ट्र बैंकको समन्वयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कर्णाली विकास बैंकमा साढे २ अर्ब रुपैयाँ हिनामिना भएको उजुरी परेको छ । -SP

 

Nepal life insurance