‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी छः बजेट अभावले विस्तार गर्न सकिएन (तस्बिर सहित)

 

-गोपाल प्रसाद भट्टराई ,

असार–१९,अर्घाखाँची।

अर्घाखाँची – स्वास्थ्य सेवा विभाग काठमाडौंको विद्यालय स्वास्थ्य तथा नर्सिङ्ग सेवा कार्यक्रम प्रमुख बाला राईले ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी भए पनि बजेट अभावले सबै विद्यालयमा विस्तार गर्न नसकिएको बताउनुभएको छ ।

May be an image of 8 people, people studying and textNepal life insurance

विद्यालय नर्स कार्यक्रमले पोषण, किशोर किशोरीको प्रजनन स्वास्थ्यबारे जानकारी हुनुका साथै अभिभावकलाई पनि सचेत गराउने लक्ष्य रहेको उहाँको भनाई छ ।

May be an image of 11 people, people studying and text

विद्यालय नर्सबाट बृहत्तर यौनिकता शिक्षा लगायत स्वास्थ्य प्रबन्धनात्मक विद्यालय प्रमाणिकरण तथा सुदृढिकरण कार्यक्रम अन्तरगत बुधबार भूमिकास्थान नगरपालिकामा सम्पन्न एकदिने पैरवी कार्यक्रममा सहजीकरण गर्दै कार्यक्रम प्रमुख राईले यस्तो बताउनुभएको हो ।

May be an image of 11 people, people studying, people smiling and hospital

कार्यक्रममा भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापाले यौनिकता शिक्षाका कारण लागुऔषध प्रयोगमा कमी, स्वास्थ्य सेवाको प्रेषण संख्यामा वृद्धि, लैङ्गिक हिंसा, लाञ्छना तथा भेदभावमा समेत न्यूनीकरण गर्न सकिने बताउनुभएको छ ।

May be an image of 8 people, people studying and text

नेपालमा कूल ३७ प्रतिशत किशोरीको १८ वर्ष नपुग्दै र १० प्रतिशतको १५ वर्ष उमेरभित्र विवाह हुने गरेको, विवाहको उमेर २० वर्ष भए पनि ४१ प्रतिशत महिलाको १० देखि १८ वर्ष उमेरमा र ७६ प्रतिशतको २० वर्ष उमेरमा विवाह भएको देखिने भन्दै नगर प्रमुख थापाले यो अवस्थालाई मध्यनजर गर्दै बृहत् यौनिकता शिक्षा आवश्यकता भएको तर्क गर्नुभयो ।

May be an image of 4 people and text

विद्यालय स्वास्थ्य तथा नर्सिङ्ग सेवा कार्यक्रम प्रमुख बाला राइ, बरिष्ठ नर्सिङ्ग अधिकृत लक्ष्मी मरासिनी, जनस्वास्थ्य अधिकृत समिता लम्साल र भूमिकास्थान नगरपालिकाको

May be an image of 3 people and people studying

स्वास्थ्य शाखा प्रमुख शुरेस प्रसाद गैरे लगायतले सहिजीकरण गर्नु भएको कार्यक्रममा भूमिकास्थान नगर उपप्रमुख बालकृष्ण बन्जाडे, प्रमुख प्रशासकिय अधिकृत जग्दीशचन्द्र नेपाली, भूमिकास्थान–४ का वडाध्यक्ष बाबुराम पन्थी, नुवाकोट मावि चिदिचौरका प्र.अ. शालिकराम भुसाल लगायतले मन्तव्य राख्नुभएको थियो ।

May be an image of 8 people, people studying and text

कार्यक्रममा बोल्दै उहाँहरुले बृहत्त यौनिकता शिक्षाले सम्बन्ध, मूल्य अधिकार , सस्कृति र यौनिकता, लैङ्गिकतामा बुझाइ, हिंसा र सुरक्षित रहनु, स्वास्थ्य र निरोगिताका लागि सीप, मानव शरीर र विकास, यौनिक व्यवहार र यौनिकता तथा प्रजनन स्वास्थ्यलाई प्रवद्र्धन गर्ने हुनाले यस्तो कार्यक्रमलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

May be an image of 4 people and text

भूमिकास्थान नगरपालिकाका कम्प्युटर अधिकृत शेषकान्त घिमिरे ओसनको संचालनमा सम्पन्न कार्यक्रममा भूमिकास्थान नगरपालिकाका १० वटै वडाका अध्यक्ष,

May be an image of 3 people, clarinet and text

कार्यपालिका सदस्य, नगरपालिकाका कर्मचारी र विद्यालय एवं् अन्य सरोकारवालाको सहभागिता रहेको स्वास्थ्य नर्सिङ्ग अधिकृत विन्दु पन्थीले जानकारी दिनु भएको छ ।

थप तस्बिर :

May be an image of 5 people, dais and text

May be an image of 2 people, dais and text

May be an image of 8 people and people studying

May be an image of 6 people and people studying

May be an image of 4 people, people studying and text

May be an image of 7 people, people studying, people smiling and text

May be an image of 10 people, people studying and text

May be an image of 5 people and people studying

May be an image of 9 people, people studying and text

May be an image of 10 people, people studying and text

 

Nepal life insurance

अन्य समाचारहरु