भूमिकास्थान नगरपालिकाको प्रगतिः बिउमा आत्मनिर्भर, ८१ लाख बढि आन्तरिक आम्दानी, स्वरोजगारीको दर बढाउँदै (तस्बिर सहित)

images

 

-गोपाल प्रसाद भट्टराई

असार–२०,अर्घाखाँची।

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ को अन्तिम चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । नगरपालिकामा वर्षभरि सञ्चालन भएका योजना तथा कार्यक्रम र आय–व्ययको बारेमा जानकारी दिने र नागरिकका सुझाव संकलन गर्ने उदेश्यले भूमिकास्थानले बिहिबार पोखेडाँडामा सार्वजनिक सुनुवाइ गरेको हो ।  नगरपालिकाले आ.व.२०८१÷०८२ मा ८६ करोड ८८ लाख ४७ हजारको बजेट ल्याएको थियो । जसमा बिहिबार सम्म कुल बजेटको ८६.६ प्रतिशत खर्च भएको छ ।

Nepal life insurance

चालुतर्फ ८२ प्रतिशत खर्च गरेको भूमिकास्थानले पुँजीगततर्फ ८१ प्रतिशत खर्च गरेको योजना शाखा प्रमुख हरिश्चन्द्र भुसालले जानकारी दिनुभएको छ । यस्तै भूमिकास्थानले आ.व. २०८१÷०८२ मा ८१ लाख ३० हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

May be an image of 14 people, people studying and text

८२ लाख राजश्व संकलन गर्ने लक्ष्य राखेको भूमिकास्थानले असार १९ गतेसम्म ८१ लाख बढि राजश्व उठाउन सफल भएको राजश्व शाखा प्रमुख जगत प्रसाद भुसालको भनाई छ ।

May be an image of 10 people and text

असार मसान्त सम्म लक्ष्यभन्दा बढि आन्तरिक आम्दानी हुने संकेत देखिएको उहाँको भनाई छ । नगरपालिकाको तर्फबाट सहजीकरण गर्ने संस्था नयाँ मिडिया प्रा.ली.र योजना अधिकृत भुसालले वार्षिक प्रतिवेदन प्रस्तुत गरेपछि प्रतिवेदनका आधारमा एवं नगरपालिकाको सेवा प्रवाहको विषयमा सवाल जवाफ भएको थियो ।

May be an image of 3 people, people studying and text

सार्वजनिक सुनुवाइमा उठेका सवालको जवाफ दिंदै नगरप्रमुख झविलाल थापाले हरेक निकाय पारदर्शी हुनुपर्ने बताउनुभएको छ ।

May be an image of 10 people, people studying and text

भूमिकास्थान नगरपालिकाले सार्वजनिक सुनुवाइ मार्फत सम्पूर्ण गतिविधि नागरिकलाई जानकारी दिने र सुझाव लिएर अगाडि बढेको नगरप्रमुख थापाको तर्क रहेको छ । अहिले देशमा गल्ती गर्नेहरूले सजाय पाइरहेको प्रसङ्ग कोट्याउँदै उहाँले सुशासन कायम राख्ने कार्य आफुहरुको प्राथमिकतामा रहेको दाबी गर्नुभएको छ ।

May be an image of 2 people, people studying and text

सार्वजनिक सुनुवाइमा उपस्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र अन्य नागरिकले नगरपालिकाको बजेट, कार्यक्रम, विकास र सेवा प्रवाहका विषयमा विभिन्न प्रश्न गरेका थिए ।

May be an image of one or more people

उत्पादन, उद्यम र शतकर्म मार्फत भूमिकास्थानलाई समृद्ध बनाउने अभियान जारी रहेको नगरप्रमुख थापाले बताउनुभएको छ । “हामीले कर्मशिल जनशक्ति परिचालन मार्फत उत्पादन र रोजगारी सिर्जना गरेका छौं ।” नगरप्रमुख थापाले भन्नुभयो, “सुन्दा सामान्य लागेपनि यसले नगरपालिकाको बसाइसराई समेत कम गर्ने मेरो विस्वास छ ।” भौतिक निर्माणले मात्रै समग्र विकास हुन नसक्ने भन्दै नगरप्रमुख थापाले पालिकालाई चौतर्फि विकासमा लैजान सबैको सहयोगको खाँचो औल्याउनुभएको छ ।

May be an image of 14 people and text

नगरपालिकालाई राम्रो बनाउन सबैको सकरात्मक भूमिका हुनुपर्ने भन्दै उहाँले कमजोरी भए अगाडि उभिएर औल्याउन अपिल समेत गर्नुभएको छ ।

May be an image of 8 people and textNepal life insurance

कर्मशिल जनशक्ति परिचालन कार्यक्रम मार्फत बाँझो जग्गामा खेती गर्नु, मकैको पोष्कर र थाकलको पातबाट टोपी र झोला बनाएर बजारीकरण गर्नु, रोजगारी प्रदान गर्नु, रैथाने बाली प्रबद्र्धनमा लाग्नु, बिउमा आत्मनिर्भर बन्नु, भौतिक विकास संगै सामाजिक विकासलाई अगाडि बढाउनुलाई नगरपालिकाले आफ्नो प्रगति मानेको छ ।

May be an image of 11 people and text

कर्मशिल जनशक्ति परिचालन कार्यक्रम मार्फत यस बर्ष २ सय क्विन्टल प्याज उत्पादन गरेको, खाकबेसीमा लोकल धानखेती गरेको, शिक्षा तर्फ पढ्दै कमाउँदै रमाउँदै

May be an image of 12 people and text

विद्यालय कार्यक्रम संचालन गरेको, अभिभावक शिक्षा संचालन गरेको, शिक्षकको क्षमता विकासका कार्यक्रम संचालन गरेको, स्वास्थ्यतर्फ जेष्ठनागरिक सहित लक्षित वर्गको सेवालाई केन्द्रित गरि घरदैलो अभियान चलाएको, घुम्ती शिविर मार्फत बिशेषज्ञ सेवा दिएको, योग तथा ध्यान शिविर चलाएको लगायतका कार्यलाई भूमिकास्थानले प्रगतिको रुपमा लिएको छ ।

May be an image of 9 people, people studying and text

गाउँमा रहेका बाँझो जग्गामा खेती गर्दै रोजगारी सिर्जना गर्ने र कृषिमा आत्मनिर्भर बनाउने आफुहरुको उद्देश्य रहेको उप–प्रमुख बालकृष्ण बन्जाडेको भनाई छ । जनताका माग धेरै बजेट थोरै हुँदा सोंचेजति काम गर्न नसकेपनि आफुहरुले गलत नगरेको उहाँको दाबी छ ।

May be an image of 7 people, people studying and text

प्रमुख प्रशासकिय अधिकृत जग्दीश्चन्द्र नेपालीले सिमित स्रोत र साधनको उचित उपयोग गर्दै पालिकाको विकास र सेवाप्रवाहमा जिम्मेवार ढगंले लागिरहेको बताउनुभएको छ । सुशासन, मितव्ययिता र समृद्धिको निम्ती जनप्रतिनिधि र कर्मचारीको एकता रहेको जिकिर गर्दै प्रमुख प्रशासकिय अधिकृत नेपालीले नागरिकको पनि सकरात्मक सहयोगको खाँचो औल्याउनुभएको छ ।

May be an image of 8 people and text

कार्यक्रममा सहभागिले शिक्षा, स्वास्थ्य र कृषिको सेवालाई गुणस्तरिय बनाउनुपर्ने, पालिकाबाट हुने विकास तथा अन्य कामको नियमित र प्रभावकारी अनुगमन हुनुपर्ने, कृषि उत्पादनलाई बजारीकरणमा सहयोग गर्नुपर्ने, विकास वितरणमुखि भन्दापनि आवस्यकतामुखि हुनुपर्ने लगायतका माग राखेका छन् ।

सहभागीले राखेका प्रश्नको नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत सहित नगरपालिकाका बिषयगत शाखाका प्रमुखहरु र वडाध्यक्षले समेत जवाफ दिनुभएको थियो ।

May be an image of 10 people and text

पत्रकार हृदयकुमार भुसाल, गोपालप्रसाद भट्टराई, जितेन्द्र खत्री र अर्जुन भुसालले सहजिकरण गर्नुभएको कार्यक्रममा जिल्ला समन्वय समिति अर्घाखाँचीका सदस्य झुपलाल खनाल, भूमिकास्थान ७ का वडाध्यक्ष रामचन्द्र ढुङ्गाना, ८ का वडाध्यक्ष राजकुमार श्रेष्ठ, वडा सदस्यहरु, राजनितिक दल, विभिन्न विद्यालयका शिक्षक, वि.व्य.स.का पदाधिकारी, स्वास्थ्यकर्मि, महिला स्वास्थ्य स्वयंसेविका, टोलविकास संस्थाका प्रतिनिधि, उपभोक्ता समितिका प्रतिनिधि र सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।

 

Nepal life insurance

अन्य समाचारहरु