




काठमाडौं । नेपाल चिकित्सक संघले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ ।

संघका महासचिव डा. सञ्जिव तिवारीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै संघका थप आन्दोलनका कार्यक्रमहरु सार्बजनिक गरेका हुन् ।
संघले स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने र आगामी असार २४ गते मंगलबार मेडिकल काउन्सिलमा प्रमाणपत्र बुझाउने लगायतका कार्यक्रम तय गरेको छ । त्यस्तै संघले चिकित्सकहरुलाई हतोत्साहित पारिएको र असुरक्षाको वातावरण सिर्जना गर्ने कार्य भएको निष्कर्ष निकाल्दै आन्दोलनका कार्यक्रम सार्बजनिक गरेको छ ।




