




काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले केन्द्र सरकारबाट पनि बाहिरिने निर्णय गरेको छ ।


शनिबार बसेको नाउपाको संसदीय दलको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
बैठकपछि अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सरकारबाट बाहिरिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको जानकारी दिइन् ।
ओली नेतृत्वको सरकारमा नाउपमाबाट सांसद अरुण चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री छन् । राज्यमन्त्री चौधरीले आइतबार प्रधानमन्त्री ओलीसमक्ष राजीनामा बुझाउने पनि अध्यक्ष श्रेष्ठले बताइन् ।



