मानसरोवर जानका लागि आएका विदेशी पर्यटकहरुको भिसा प्रक्रिया सरलीकृत गरिदिन सांसद खनालको आग्रह

images

 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले मानसरोवर जानका लागि आएका विदेशी  पर्यटकहरुको भिसा प्रक्रिया सरलीकृत गर्न सरकारसँग माग गर्नुभएको छ ।

Nepal life insurance

आईतवार बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले अहिले मान सरोवरको सिजन भएको बताउँदै संसारभरबाट मान सरोवार जानका लागि नेपालमा मानिसहरु आइरहनुभएको बताउनु भयो । चीनको भिसा प्रक्रियाको ढिलाइका कारण तीन हजार विदेशी पर्यटकहरु नेपालमा अलपत्र रहेको भन्दै भिसा सरलीकृत गरिदिन सरकारसँग आग्रह गर्नुभयो । मान सरोवर जानका लागि आएका करिव ३ हजार विदेशी पर्यटकहरु अहिले नेपालका विभिन्न स्थानमा डेढ हप्तादेखि अलपत्र अवस्थामा रहेको बताउनु भयो ।

सांसद खनालले भन्नुभयो, ‘यति बेला मानसरोवरको सिजन हो । संसारभरबाट मान सरोवार जानका लागि नेपालमा मानिसहरु आइरहनुभएको छ । तर चीनको भिसा प्रक्रियाको डिले गर्दा दुईदेखि तीन हजार विदेशीहरु नेपालका विभिन्न नाका काठमाडौंमा पनि ठूला ठूला होटलहरुमा ७०—८० जनाको समूह समूह नै एक हप्ता, डेढ हप्तादेखि अनिश्चितताको अवस्थामा बसिरहेको र यसले समग्रतामा नेपालकै पर्यटन सम्भावनाहरुलाई छेक्ने काम भएको छ । पहिला ४ दिनमा भिसा आउने रहेछ । अहिले १२ दिन भइसक्दा पनि भिसा आएको छैन । भिसा प्रक्रियाको सरलीकृत गर्न मन्त्रालयले के गर्नुपर्छ । तत्काल गर्नुपर्ने देखियो ।’

सांसद खनालले मान सरोवरका लागि पहिला ४ दिनमा भिसा आउने गरे पनि अहिले १२ दिन बितिसक्दासमेत भिसा नआएको बताउनु भयो ।

 

Nepal life insurance