




काठमाडौँ । आज संघीय संसदका दुई समितिको बैठक बस्दैछ । आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति तथा संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठक बस्दैछ ।

बिहान ८ बजे बस्ने संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रीसँग छलफल तथा सुनुवाइका लागि सिफारिस गरिएका तीन जना सर्वोच्च अदालतका न्यायाधीश र एक न्याय परिषदका सदस्य बारे निर्णय लिने कार्यसूची रहेको छ ।
त्यसैगरी दिउसो १ बजे बस्ने राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल हुने कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।



