जाजरकोट भूकम्पपीडितको पुनःस्थापनामा सरकार उदासिन देखियोः माओवादी केन्द्र

images

 

काठमाडौँ ।  नेकपा (माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले सरकार जाजरकोट भूकम्पपीडितहरूको पुनःस्थापना गर्न उदासिन देखिएको भन्दै आपत्ति जनाउनुभएको छ ।

Nepal life insurance

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद बस्नेतले भूकम्पले भत्किएका घरहरुmे वर्षाको समयमा थप जोखिम निम्त्याएको भएपनि सरकारले डिडिएको नाममा पुनःनिर्माण गर्न ढिलाई गरिरहेको भन्दै आपीत्त जनाउनुभएको हो । उहाँले भूकम्पले चर्किएका कुनैपनि घरहरु बस्नयोग्य नरेहको उल्लेख गर्दै सबै प्रभावित घरहरुको पुनःनिर्माण प्रक्रिया अगाडि बढाउन आवश्यक रहेके बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सभामुख महोदयमार्फत सरकारसँग माग गर्न चाहन्छु– पुनःनिर्मामा देखिएको ढिलासुस्ति अन्त्य गरियोस् । जोखिमयुक्त बस्तिहरुको  पुर्नस्थापना सुनिश्चित गरियोस् । भूकम्पप्रभावित नागरिकको सम्मानजनक पुनःस्थापना गरियोस् ।’

उहाँले भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणमा देखिएको ढिलासुस्ती अन्त्य सभामुखमार्फ सरकासँग माग गर्नुभयो ।

 

 

Nepal life insurance