




काठमाडौँ । संघीय निजामती सेवा विधेयकको ‘कुलिङ पिरियड’ मा गरिएको हेरफेर बारे छानबिन गर्न बन्ने संसदीय समिति गठन भएको छ ।

प्रतिनिधि सभाले गठन गरेको समितिको नाम ‘संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटी भएको भन्ने सम्बन्धमा अध्ययन गर्न गठित विशेष समिति’ रहेको छ ।

समितिमा काँग्रेसबाट जीवन परियार र सुशिला थिङ, नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायण प्रसाद आचार्य, माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की रहने भएका छन् । समितिको संयोजकमा काँग्रेसका जीवन परियार रहेका छन् ।
समितिलाई छानबिनका लागि २१ दिनको समय दिइएको छ । समितिलाई ‘कुलिङ पिरियड’ मा गरिएको हेरफेरमा दोषी देखिएकालाई कारवाही सिफारिस गर्ने र भविष्यमा यस्तो दोहोरिन नदिन सुझाव दिन समेत कार्यादेश दिइएको छ ।



