नारायणकाजीले भण्डारीलाई भेटेको पार्टीलाई जानकारी छैन, एमालेसँग एकताको नीति छैन- माओवादी केन्द्र

images

 

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग एकता गर्ने कुनै नीति र सोच नरहेको स्पष्ट गरेको छ ।

Nepal life insurance

पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले विज्ञप्ति जारी गर्दै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एमालेसँगको एकताका लागि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेको कुरा पार्टीमा कुनै जानकारी नरहेको बताउदै आफ्नो धारणा स्पष्ट गरेका हुन्  ।

Nepal life insurance

माओवादी केन्द्रले अन्य कम्युनिष्ट पार्टी र समाजवादी मोर्चामा रहेका घटकहरुसँग एकताको बारेमा छलफल भइरहे तर एमालेसँग अहिले एकताको चर्चा नरहेको माओवादी केन्द्रले स्पष्ट गरेको छ । साथै तथ्यहीन र आधारहीन प्रचारबाजीबाट भ्रममा नपर्न माओवादीले आग्रह गरेको छ ।

माओवादी केन्द्रले भनेको छ-

कतिपय सञ्चार माध्यममा ‘बाम एकताका लागि एमाले समक्ष माओवादी प्रस्ताव’ शिर्षकमा समाचार प्रकाशन भएकोप्रति हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ ।

उक्त समाचारमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई हाम्रो पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भेटेर एमालेसहितको वाम एकताको प्रस्ताव राखेको उल्लेख गरिएको छ । हाम्रो पार्टीको एमालेसँग एकता गर्ने नीति र सोच नरहेको स्पष्ट पार्दछौ । साथै समाचारमा भनिए जस्तो वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एमालेसँगको एकताका लागि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेको कुरा पार्टीमा कुनै जानकारी छैन । दोश्रो कुरा एमाले बाहेकका अन्य कम्युनिष्ट पार्टी र समाजवादी मोर्चामा रहेका घटकहरुसँग एकताको बारेमा छलफल भइरहे पनि एमालेसँग एकताको चर्चा पनि चलेको छैन । यस प्रकारका तथ्यहीन र आधारहीन प्रचारबाजीबाट भ्रममा नपर्न सम्पूर्ण पार्टी पंक्ति र आम जनसमुदायमा वास्तविकता स्पष्ट पार्न यो विज्ञप्ति प्रकाशित गरिएको छ ।

 

Nepal life insurance