




काठमाडौं । रसुवामा आएको बाढीका कारण करिब २ सय मेगावाट विद्युत् उत्पादन बन्द भएको छ ।

तिब्बत हुँदै रसुवागढीस्थित भोटेकोशीमा आएको बाढीले नेपाल विद्युत् प्राधिकरण र यसअन्तर्गतका परियोजनामा ठूलो क्षति पुर्याएको छ ।

प्राधिकरणका अनुसार बाढीले रसुवागढी जलविद्युत् आयोजना, चिलिमे, त्रिशूली-३ ए र त्रिशूली- ३ बी मा क्षति पुगेको छ । चिलिमे २२ मेगावाट, त्रिशूली- ३ ए ६० र त्रिशूली- ३ बी ३७ मेगावाटका परियोजना हुन् ।

१११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको हेडवर्क्समा क्षति पुगेको छ भने चिलिमेको टेलरेसमा पानी पसेको छ । त्यस्तै त्रिशूली ३ ‘ए’ को तीन वटा हेडवर्क्स बगाएको छ भने त्रिशूली ३ ‘बी’ को हब सबस्टेसन पनि बाढी पसेको छ ।



