पाणिनि को मैदान मा ५ दिने अचार बनाउन सिकाउने तालिम सम्पन्न

images

 

-दिनेश गैरे, पाणिनि , अर्घाखाँची।

अर्घाखाँची जिल्लाको पाणिनि ५ मैदान को आलम नगर मा ‘ मैदान सामुदायिक सिकाई केन्द्र ‘ द्रारा ५ दिने अचार बनाउने तालिम सम्पन्न भएको छ ।

उक्त कार्यक्रम को प्रमुख अतिथि को रुपमा पाणिनि ५ मैदान वडा अध्यक्ष ईन्द्रमणी घिमिरे, बिशिस्ठ अतिथि को रुपमा पाणिनि ६ धातिवाङ का वडा अध्यक्ष कृष्ण पौडेल, पटौटि वडा अध्यक्ष हरि प्रसाद घिमिरे रहनु भएको थियो । त्यसै गरि अतिथि को रुपमा नेपाली काङ्ग्रेस मैदान सभापति गणेश घिमिरे, पुर्व शिक्षक दिवाकर घिमिरे , पण्डित चन्द्रमणी घिमिरे , नेकपा माओवादी कि नेतृ बिमला घिमिरे लगायत का रहनु भएको थियो ।

उक्त तालिम को अध्यक्षता मैदान सामुदायिक सिकाई केन्द्र अध्यक्ष सालिकराम घिमिरे ले गर्नु भएको थियो । कार्यक्रम मा मैदान सामुदायिक सिकाई केन्द्र कि परिचालिका अस्मिता भुषाल लगायत अन्य सदस्य , आजिवन सदस्य को समेत उपस्थिति रहेको थियो ।

कार्यक्रम मा बोल्ने अधिकांश अतिथि तथा जन प्रतिनिधि हरुले तालिम बाट सिकेका कुरा ब्यक्तिगत जीवन मा उतार्न र अचार उत्पादन गरि ब्यसायिक बन्न प्रशिक्षार्थी हरु लाई शुभकामना समेत दिएका थिए । भैवब अचार उधोग रुपन्देही कि संचालक भगवती बस्याल प्रमुख प्रशिक्षक को रुपमा रहि ५ दिन सम्म विभिन्न प्रकार का अचार बनाउन सिकाउनु भएको थियोे ।

उक्त तालिम मा पाणिनि का वडा नं ४,५,६ बाट १७ जना महिला दिदी बहिनिहरु सहभागी भई सफलता पुर्व तालिम लिनु भएको मा प्रशंसा पत्र सहित बिदा गरिएको  थियोे । तालिम समापन समारोह मा यो तालिम बाट आफू हरुलाई नयाँ नयाँ अचार बनाउन सिकाएको भन्दै प्रशिक्षार्थी ले आयोजक र प्रशिक्षक लाई धन्यवाद समेत दिएका थिए । ५ दिने तालिम को समापन कार्यक्रम भक्त बहादुर रेस्मी ले गर्नु भएको थियोे ।

 

Nepal life insurance

अन्य समाचारहरु