वर्षा र पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

images

 

पाल्पा — सिद्धार्थ राजमार्गअन्तर्गतको पाल्पा-बुटवल सडक खण्ड रातभरि परेको अविरल वर्षाका कारण बुधबार बिहानैदेखि अवरुद्ध भएको छ ।

सडकखण्ड अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा मन्दिर नजिकै बिहान २ बजे तिर पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

सिद्धार्थ राजमार्गअन्तर्गत दोभान हेडबक्स नजिकै झरेको पहिरोका कारण सडक पुन अवरुद्ध भएको र वर्षा निरन्तर परेकाले पहिरो हटाउन कठिनाइ भएको दोभानका स्थानीय बासिन्दा विष्णुप्रसाद पाण्डेले बताए।

राजमार्ग बन्द भएपछि उत्तर–दक्षिण राजमार्गका सबै सवारीसाधन ठप्प छन् । पहिरोले सडक अवरुद्ध भएपछि स्याङ्जा, पोखरा, बागलुङ, गुल्मी, अर्घाखाँची तथा जिल्लाकै विभिन्न स्थानबाट तराइको आवतजावत गर्ने सवारीसाधन बाटोमै रोकिएका छन् ।

यसअघि पनि राजमार्गको दोभान क्षेत्रमा पहिरो खस्दा पटक पटक सडक अवरुद्ध भएको थियो भने मंगलबार पहिरो खसेर मोटरसाइकल बगाउँदा एक जनाको मृत्यु र एक जना घाइते भएका थिए । -EK

 

Nepal life insurance

अन्य समाचारहरु