




काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली राजनीतिको संस्थापन पक्ष माओवादी नै भएको दाबि गरेका छन् ।

प्रचण्डले कानुनी र सङ्ख्याको हिसाबले हामी सदनमा तेस्रो स्थानमा रहेपनि माओवादी संस्थापन र अरू शक्ति प्रतिपक्ष भएको जिकिर गरेका हुन् ।
उनले भनेका छन्-
अहिले कानुनी र सङ्ख्याको हिसाबले हामी सदनमा तेस्रो स्थानमा छौँ । तर हाम्रो जतिसुकै सिट हुँदा पनि आजको नेपाली राजनीति, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान, महिला, दलित, आदिवासी, जनजाति, मजदूर, किसान, मधेसी, मुस्लिम सबै उत्पीडित समुदायको अधिकार र पहिचान स्थापना गर्ने हिसाबले नेपाली राजनीतिको संस्थापन पक्ष माओवादी नै हो । जतिसुकै सङ्ख्या भए पनि माओवादी संस्थापन हो, अरू शक्ति प्रतिपक्ष हुन्। यो संविधान र लोकतान्त्रिक गणतन्त्रको आधिकारिक पक्ष माओवादी नै हो ।



