बाढी, पहिरो पीडितको उद्धार, राहत र पुनःनिर्माणमा ध्यान दिन सरकारलाई माओवादी केन्द्रको आग्रह

images

 

नेकपा (माओवादी केन्द्र) ले हालै आएको बाढी र पहिरो पीडितको उद्धार, राहत र पुनःनिर्माणमा गम्भीरताका साथ लाग्न सरकारसँग आग्रह गरेको छ ।

Nepal life insurance

बिहीवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको पदाधिकारी बैठकले यस्तो आग्रह गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता अग्नि सापकोटाले जनताको जिउधनको रक्षा गर्न र जोखिम हुनबाट जोगाउनका लागि पूर्वतयारीमा लाग्न सरकारसँग माग गरेको बताउनु भयो । साउन ७ गते पुष्पलाल श्रेष्ठको स्मृति दिवस मनाउने निर्णय गरेको बताउनु भयो । संघीय निजामति ऐनमा कुलिङ पिरियड छेडखानी सम्बन्धमा समितिमा भएको सहमतिअनुसार नै राष्ट्रिय सभाबाट पारित गर्नेतिर पहलकदमी लिने बारेमा छलफल भएको बताउनु भयो ।

कुलिङ पिरियड छेडखानीबारे बनेको संसदीय छानविन समितिको संयोजक ठूलो पार्टीले गर्ने र अरु सदस्य हुनेकुरा परम्पराअनुसार नै रहेको बताउनु भयो । त्यसलाई आफूहरुले स्वभाविक रुपमा लिएको बताउनु भयो ।

 

Nepal life insurance

 

अन्य समाचारहरु