




अर्घाखाँची पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम २०८२ : समाचार संकलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अर्घाखाँची डटकमसहकर्मी तथा पत्रकार केशब पन्थी सम्मानित
अर्घाखाँची, असार २०८२ — अर्घाखाँची जिल्लामा सम्पन्न पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम–२०८२ मा खोप अभियानलाई सफल बनाउन विभिन्न तहबाट योगदान गर्ने व्यक्तिहरूलाई सम्मान गरिएको छ।

कार्यक्रममा अर्घाखाँची डटकमसहकर्मी तथा पत्रकार केशब पन्थीलाई खोप अभियानसम्बन्धी समाचार संकलनमा सक्रिय भूमिका निर्वाह गरेकोमा विशेष रूपमा सम्मानित गरिएको हो।


कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेम बहादुर सारुले स्वास्थ्य क्षेत्रमा सुधार भए पनि अझै सुधार आवश्यक रहेको भन्दै यस्ता अभियानले समुदायको स्वास्थ्य सुदृढीकरणमा टेवा पुर्याउने धारणा व्यक्त गर्नुभयो।

विशिष्ट अतिथि लुम्बिनी प्रदेशसभा सदस्य रामजी प्रसाद घिमिरेले पूर्ण खोप सुनिश्चिता कार्यक्रमबाट अब जिल्लामा खोप नपाउने कोही नरहेको जानकारी गराउँदै सञ्चारकर्मीहरूको सक्रियताले अभियानमा जनचेतना फैलाउन सघाएको उल्लेख गर्नुभयो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल, सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, नेपाली कांग्रेस प्रतिनिधि लिला गौतम, नेकपा एमाले प्रदेश

सदस्य सरोज भुसाल, नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष राम बहादुर चौवान, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति हरि प्रसाद भुसाल, र नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष गणेश खनालले पनि खोप अभियानमा सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनीहरूको क्रियाशीलतालाई कदर गर्नुपर्ने बताएका थिए।


कार्यक्रम जिल्ला खोप समन्वय समितिका संयोजक जीवनारायण कोईरालाको अध्यक्षतामा सम्पन्न भएको हो। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण प्रसाद पोखरेलले स्वागत मन्तव्य तथा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने सञ्चालन वसन्त श्रेष्ठले गर्नुभएको थियो।


स्वास्थ्यकर्मी, स्वंम्सेविका र संचारकर्मीहरूमध्ये पत्रकार केशब पन्थीलाई अभियान अवधिभर समाचार संकलन तथा सूचना प्रवाहमा खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै सम्मान प्रदान गरिएको आयोजक पक्षले जनाएको छ। उहाँको निरन्तर पत्रकारितामार्फत जनचेतनामूलक योगदानले खोप अभियानलाई प्रभावकारी बनाउन सघाएको सराहना गरिएको छ।



