दक्षिण पश्चिम पाकिस्तानमा बन्दुकधारीद्वारा ९ जनाको हत्या

images

 

काठमाडौँ ।  पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बन्दुकधारीहरूले दुई वटा बस रोकेर नौ जना यात्रुलाई अपहरण गरी गोली हानी हत्या गरेका छन् ।

उत्तरी बलुचिस्तानको जिल्ला लोरलाईमा बिहीवार राति आक्रमण भएको थियो । जहाँ सशस्त्र आक्रमणकारीहरूले यात्रु बसहरू रोके र पहिचानको आधारमा धेरै व्यक्तिहरूलाई हटाएका प्रवक्ता शाहिद रिन्दले बताउनु भयो ।

पूर्वी पञ्जाब प्रान्तका यात्रुहरूलाई बसहरूबाट निश्चित दूरीमा लगेपछि गोली हानी हत्या गरेको बताइएको छ । उनीहरूको शव बरामद गरिएको छ । घटनापछि, सुरक्षा बलले प्रभावित क्षेत्रमा खोजी अभियान शुरु गरेको र बाँकी अपहरण गरिएका यात्रुहरूलाई पक्राउ गरेको बताउनु भयो । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।  – एजेन्सी

 

Nepal life insurance