कंगोमा हैजाको प्रकोप उच्च

images

 

काठमाडौँ ।  प्रजातान्त्रिक गणतन्त्र कंगोमा हैजाको प्रकोप उच्च भएको छ । संक्रमण अझै बढ्दै गएको स्वास्थ्यमन्त्री रोजर काम्बाले बताउनु भयो । आफूहरु महामारीको उच्च तहमा रहेको र केसहरु अझै बढिरहेको बताउनु भयो । देशभर ३३ हजार भन्दा बढी बिरामीहरु रेकर्ड गरिएको बताउनु भयो ।

जसको मृत्युदर २ प्रतिशत रहेको बताउनु भयो । विश्व स्वास्थ्य संगठनकाअनुसार २०२५ को केस गणनाले २०२४ को कुल ३१ हजार ७ सय ४९ पार गरिसकेको छ । देशका २६ प्रान्तहरू मध्ये १७ सम्म प्रभावित भएका छन् ।

१७ लाखभन्दा बढी मानिसहरू बसोवास गर्ने राजधानी किन्शासामा हाल हप्तामा लगभग १३० नयाँ केसहरू दर्ता भइरहेका छन् । सरकारले किन्शासामा नयाँ उपचार केन्द्रहरू खोल्दै पुष्टि भएका बिरामीहरूलाई निःशुल्क हेरचाह प्रदान गर्दैछ ।

 

Nepal life insurance