पुजाको एक्सन फिल्मको नाम ‘एक्का तीन’

images

 

काठमाडौँ ।  निर्देशक रुपेश तामाङले अभिनेत्री पूजा शर्मालाई मुख्य भूमिकामा लिएर निर्माण गर्न लागेको फिल्मको नाम ‘एक्का तीन’ राखिएको छ ।

Nepal life insurance

शुक्रबार फिल्मको थिम पोष्टर सार्बजनिक गर्दै फिल्मको नाम सार्बजनिक गरिएको हो । रुपेशले पूजालाई दुई महिनाअघि उनको जन्मदिनको दिन फिल्ममा अनुबन्धित गरेका थिए । आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) बाट बनाइएको थिम पोस्टर हेर्दा फिल्म एक्सन प्रधान हुने अनुमान गर्न सकिन्छ ।

सन् २०२६ मा रिलिज हुने भनिएको ‘एक्का तीन’मा पूजाबाहेक अरु कलाकार तय भएका छैनन् ।  निर्देशक तामाङसँग पूजाले यसअघि एक्सन फिल्म ‘दान्भी’मा काम गरेकी थिइन् ।

जुना फिल्म्सको ब्यानरमा बन्न लागेको फिल्मको छायांकन आगामी तिहारपछि सुरु हुने जनाइएको छ । हाल फिल्मको प्रि–प्रोडक्सनको काम चलिरहेको जानकारी दिइएको छ ।

 

Nepal life insurance