वेस्ट बैंक विध्वंसले दशौं हजार विस्थापित

imagesimages

 

काठमाडौं । जनवरीमा इजरायली सेनाले तुल्करम, नुर शम्स र जेनिन लगायतका शिविरहरूमा आक्रमण जारी गरेदेखि उत्तरी पश्चिम किनारका शरणार्थी शिविरहरूबाट लगभग ४० हजार शरणार्थीहरूलाई बाहिर निकालिएको छ ।

इजरायली अधिकारीहरूले यी शिविरहरूमा सक्रिय सशस्त्र प्यालेस्टिनी समूहहरूलाई भत्काउने उद्देश्यले कारबाही गरिएको जनाएको हो । मे महिनामा इजरायली सेनाले तुल्करम शिविरमा १०० भन्दा बढी घरहरू भत्कायो । सेनाले सुरक्षा कारणहरूले गर्दा भत्काउन आवश्यक भएको बताएको थियो ।

तर बासिन्दाहरू स्थायी विस्थापन हुने डर छ । जेनिन नगरपालिकाका प्रवक्ता बशीर माताहिनले लगभग ६०० घरहरू ध्वस्त भएका छन् । शिविर भित्र र वरपर आठ सडकहरू निर्माण गरिएका छन् । फलस्वरूप लगभग २२ हजार बासिन्दाहरू विस्थापित भएका छन् । -Agency

 

Nepal life insurance