बर्खास्त हुनुपर्ने मन्त्री मन्त्रिपरिषद बैठकमा, काँग्रेस ‘साक्षी किनाराका सदर’ बन्यो- डा. शेखर कोइराला

imagesimages

 

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरलाले सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस प्रकरणमा कांग्रेस ‘साक्षी किनाराका सदर’ भएको टिप्पणी गरेका छन् ।

Nepal life insurance

सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता कोइरालाले मन्त्रीक्वाटरमा बिहानै आएर बिचौलियाले घुसको व्रिफकेस छाड्छन्, आफ्नोविरुद्धमा प्रमाण जुटेपछि बर्खास्त हुनुपर्नेमा प्रधानमन्त्रीसँग मिठा कुरा गरेर मन्त्री मन्त्रीपरिषद बैठकमा भाग लिएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्-  

यस्तै रहेछ यहाँको चलनः मन्त्रीक्वाटरमा विहानै आएर विचौलियाले घुसको व्रिफकेस छाड्छन्, आफ्नो विरुद्धमा प्रमाण जुटेपछि बर्खास्त हुनुपर्नेमा प्रधानमन्त्रीसँग मिठा कुरा गरेर मन्त्री मन्त्रीपरिषद बैठकमा भाग लिन्छन् । सदनमा विपक्षी कर्मकाण्डी राजीनामा माग्छन् तथा गठवन्धनका सहयात्री हामी नेपाली कांग्रेस भने ‘साक्षी किनाराका सदर’ भएका छौं ।

 

 

Nepal life insurance

अन्य समाचारहरु