आज विश्व युवा दक्षता दिवस मनाइदै

imagesimages

 

काठमाडौँ । युवाहरूको सामाजिक–आर्थिक अवस्था सुदृढ गर्ने उद्देश्यले हरेक वर्ष जुलाई १५ मा विश्व युवा दक्षता दिवस मनाइने गरिन्छ । नेपालमा पनि यो दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

Nepal life insurance

सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको साधारण सभाले आजकै दिन अर्थात् जुलाई १५ मा दिवस मनाउने सङ्कल्प गरेदेखि यो दिन मनाउन थालिएको हो । विश्वभर बढ्दै गइरहेको बेरोजगारी वा योग्यता अनुसारको रोजगार नपाइने प्रवृत्तिलाई सम्बोधन गर्ने उद्देश्यले पनि यो दिन मनाउने गरिएको छ ।

मुलुकको आर्थिक, सामाजिक, राजनीतिक र शैक्षिक क्षेत्रमा युवाहरूको सक्रिय सहभागिता रहने गरेको पाइन्छ । कृषि तथा उत्पादनमूलक र श्रम क्षेत्रमा पनि युवाहरूको उपस्थिति ठुलो छ । अध्ययन, रोजगारी, जीविकोपार्जन र अवसरको खोजीका लागि धेरै युवाहरू सहर केन्द्रित भइरहेका छन्, विदेश पलायन भइरहेका छन् ।

नेपालको जनगणना २०७८ को तथ्याङ्क अनुसार नेपालमा १६ देखि ४० वर्ष उमेर समूहका युवाको जनसङ्ख्या ४२.५६ प्रतिशत रहेको छ ।

 

 

Nepal life insurance