रास्वपा प्रदेश सभा खारेजीको पक्षमा छः मनिष झा

imagesimages

 

रास्वपा प्रदेश सभा खारेजीको पक्षमा छः मनिष झा

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले रास्वपा प्रदेश सभा खारेज गर्ने पक्षमा रहेको बताउनुभएको छ ।शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

Nepal life insurance

उहाँले प्रदेश रहने तर प्रदेश सभा खारेज गर्ने रास्वपाको नीति रहेको बताउनु भयो । प्रदेश सभामा पुग्ने प्रदेशको स्थानीय तह बनाउने गरी आफूहरु अघि बढिरहेको बताउनु भयो । पालिकाहरुको प्रतिनिधि पुगेर प्रदेश सभा गर्ने व्यवस्था गर्ने र त्यसपछि नै एक अर्काले प्रदेश, स्थानीय तहलाई बुझ्ने बताउनु भयो । रास्वपाले संघमा २१ वटा मन्त्रालयबाट १५ मा झार्ने योजनाअनुसार आफ्नो नीति अघि बढाइरहेको बताउनु भयो । विभिन्न कालखण्डमा बनाइएका आयोगहरु खारेज गर्ने पक्षमा रास्वपा रहेको उल्लेख गर्नुभयो ।

सांसद झाले भन्नुभयो, ‘हामी २१ वटा मन्त्रालयबाट १५ मा झार्न चाहन्छौँ । प्रदेश रहन्छ, प्रदेश सभा खारेज गर्न चाहन्छौँ । त्यो प्रदेशको सभामा पुग्ने त्यही प्रदेशको स्थानीय तह । पालिकाहरुको प्रतिनिधि पुगेर सभा गर्दछ । त्यसपछि प्रदेश र स्थानीयको तादम्यता एक अर्काको कोर्डिनेशन झनै प्रभावकारी हुन्छ । अहिले त एक अर्काले चिन्ने, बुझ्नै चाहँदैन । यसरी हामीले हाम्रो योजना र नीतिहरुको व्याख्या गर्न सक्नुपर्छ । हामी कहाँ खर्च कटौति गर्दछौँ, लगभग ११२ वटा आयोग, नियोगहरु छ । त्यो विभिन्न कालखण्डमा बनाइएको थियो, अहिले पनि त्यसको गाडी चल्ने, पदाधिकारी, कर्मचारी, अफिस खर्च छ । तर त्यसको काम छैन । ११२ वटा बन्द गरिदिने बित्तिकै हाम्रो वार्षिक दुई चार अर्ब बचिहाल्छ ।’

सांसद झाले नेपाली काँग्रेस र नेकपा एमालेका नेताहरुको आफ्नो योजना, सिद्धान्त, रणनीति केही नरहेको र रास्वपाका नेताहरुको जवाफ दिएर बस्ने काम गरिरहेको बताउनु भयो । सत्तापक्षाले संसदमा प्रतिपक्षको खण्डन नगर्ने भन्दै अब सत्तापक्षलाई संसदीय अभ्यास रास्वपाले सिकाउने बताउनु भयो ।

 

images

 

Nepal life insurance

images