अर्घाखाची: भुमिकास्थान ‘युनिक टिम’ भैलो समुह युवाहरू द्वारा ‘स्पाइनल कोर्ड इन्जुरी’ भएका सन्तोष नेपालीलाइ आर्थिक सहयोग प्रदान ।

imagesimages

अर्घाखाची: भुमिकास्थान  ‘युनिक टिम’ भैलो समुह युवाहरू द्वारा ‘स्पाइनल कोर्ड इन्जुरी’ भएका सन्तोष नेपालीलाइ आर्थिक सहयोग प्रदान ।

 

-टेक राज भुसाल ।

अर्घाखाँची, साउन ३ । अर्घाखाँची जिल्लाको ढाकावाङ गा.वि.स. वडा नं. ७ (हाल भुमिकास्थान नगरपालिका–२) का केही युवाहरूले २०७३ सालमा देउसीभैलो खेलेर जम्मा गरेको रकमलाई आजको दिनमा मानवताका निम्ति उपयोग गरेका छन् ।

Nepal life insurance

‘युनिक टिम’ भैलोका युवाहरू सुरज खनाल, हिमाल खनाल, प्रकाश भट्टराई, लोकमणी भुसाल (लोकु), बाबुराम खनाल, बिक्रम भुसाल, विश्व खनाल, नेत्र भुसाल (गोबिन्द) र विष्णु पुजाली सहितका युवाहरूले देउसीभैलो खेल्दा उठेको रकमलाई फजुल खर्च नगरी आवश्यकताका लागि बचत गरी सुरक्षित राखेका थिए, जसलाई अहिले गम्भीर अवस्थामा रहेका भूमिकास्थान नगरपालिका वडा २, भलाटारीका स्थानीय युवा सन्तोष नेपालीको उपचारका लागि रु. १०,००० (दश हजार) सहयोग स्वरूप हस्तान्तरण गरिएको हो ।

May be an image of 1 person and hospital

रोजगारीको सिलसिलामा करिब तीन महिना अगाडि भारतमा भएको गम्भीर सडक दुर्घटनामा परेका नेपालीको मेरुदण्डमा गहिरो चोट लागेपछि उनी अहिले पूर्ण रुपमा अशक्त अवस्थामा छन् । डाक्टरहरुका अनुसार उनलाई ‘स्पाइनल कोर्ड इन्जुरी’ भएको छ, जसका कारण दुबै खुट्टा चाल्न सक्दैनन्। हाल सन्तोष भारतमा उपचार्थ छन् ।

उनको हालसम्मको उपचारमा फिजियोथेरापी, औषधोपचार र विभिन्न परीक्षणहरू गरिए पनि आर्थिक अभावले थप उपचारमा कठिनाइ आइपरेको खबर पाएपछि युनिक टिमका युवाहरूले आफ्नै पुरानो देउसी–भैलोबाट बचत गरिएको रकमबाट दश हजार रुपैयाँ सहयोग रकम आर्थिक संकलन अभियानका अगुवा हिमाल खनाललाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ, जसबाट बिरामी सन्तोष नेपालीसम्म प्रत्यक्षरूपमा पुग्नेछ ।

“यो रकम सानो हो, तर यदि मनमा सहयोग र सेवाको भावना भए, पुराना रमाइला पलहरू पनि आज कसैको पीडामा उपयोगी बन्न सक्छन्,” युनिक टिमका सदस्य लोकमणी भुसाल भन्छन्। मानवता, सद्भाव र सामाजिक उत्तरदायित्वको उदाहरण बनेको युनिक टिम प्रेरणाको एक स्रोत बनेको छ । यस्तै सकारात्मक सोच र साथले आजको समाजमा परिवर्तन ल्याउन सकिन्छ ।

सहयोगका लागीः

नामः हिमाल खनाल
सम्पर्क नं.: 9867228917

भारतका लागीः
सन्तोष नेपाली (बिरामी) +91 7015836898,+91 8699292911

May be an image of text

 

 

Nepal life insurance