




काठमाडौं । श्रीलंकामा हुने साफ यू–१७ च्याम्पियनसिपको ड्र सार्बजनिक भएको छ ।

आइतबार दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले सार्वजनिक गरेको ड्र मा नेपाल समूह ‘ए’मा परेको छ । समूह ए मा नेपालसँगै श्रीलंका र बंगलादेश रहेका छन् । त्यस्तै समूह ‘बी’मा भुटान, भारत, माल्दिभ्स र पाकिस्तान रहेका छन् ।


दक्षिण एसियाका सात देश सहभागी हुने प्रतियोगिता आगामी सेप्टेम्बर १५ देखि २७ सम्म श्रीलंकामा हुने भएको छ । प्रतियोगिता लिग कम नकआउट प्रणलीमा सञ्चालन हुनेछ ।



