ओली र भण्डारीबीच भेटवार्ता शुरु

imagesimages

 

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्या भण्डारीबीच भेटवार्ता शुरु भएको छ ।

ललितपुरको च्यासलस्थित एमाले पार्टी कार्यालयमा ओली र भण्डारीबीच भेटवार्ता शुरु भएको हो ।

Single ImageNepal life insurance

यस भेटमा पूर्वराष्ट्रपति विद्या भण्डारीको राजनीतिमा पुनरागमन बारे छलफल हुदैछ । दुवै नेताबीच हुने यस भेटवार्तालाई एमालेका नेता कार्यकर्ताले विशेष चासो दिएका छन् । पार्टीका शिर्ष नेताहरु यस भेटवार्तालाई नजिकबाट हेर्न पार्टी कार्यालय च्यासल पुगेका छन् । यस भेटवार्तालाई भण्डारीको राजनीतिमा पुनरागमनको दिशा तय गर्ने भेट भनिएको छ ।

Single Image

एमालेको हालै बसेको सचिवालय र शनिबार सम्पन्न पोलिटब्युरो बैठक विवाद मिलाउन अध्यक्ष समेत रहेका ओलीलाई जिम्मा दिएको थियो । सोहि अनुसार आज छलफल गर्न ओलीले भण्डारीलाई बोलाएको बताइएको छ ।

भण्डारीले यस अघि नै आफ्नो एमालेको सदस्यता नवीकरण गरिसको दाबी गरेकी छन् भने एमालेले भण्डारीको सदस्यता नवीकरण होल्डमा रहेको र पार्टीको उच्च तहले निर्णय गर्नुपर्ने बताएको छ ।

Single Image

Single Image

 

 

Nepal life insurance

अन्य समाचारहरु