न्यायिक हिरासतमा परेका व्यक्तिलाई पुनः प्रहरी हिरासतमा राख्नु मानव अधिकार विपरितः सांसद गौतम

imagesimages

 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले राज्यका निकायहरुबाटै व्यापक रुपमा मानव अधिकार उल्लङ्घन भइरहेको टिप्पणी गर्नुभएको छ ।

Nepal life insurance

आईतवार प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद गौतमले यस्तो टिप्पणी गर्नुभएको हो । सामाजिक सञ्जालमा टिप्पणी गरेका आधारमा पक्राउ गरेर अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कार्य भइरहेको उहाँको भनाइ छ । सांसद गौतमले पछिल्लो समय देखिएका मानव अधिकार उल्लङ्घनसम्बन्धी कुराहरु मानव अधिकारको प्रतिवेदनमा समेट्नुपर्ने बताउनु भयो । सांसद गौतमले न्यायिक हिरासतमा परेका व्यक्ति पुनः प्रहरीले हिरासतमा राख्ने अभ्यासप्रति आपत्ति जनाउनु भयो । उक्त अभ्यास नेपालबाहेक अन्यत्र नरहेको उहाँको जिकिर छ ।

उहाँले भन्नुभयो, ‘पछिल्लो समय अभिव्यक्ति स्वतन्त्रतामा नियन्त्रण भएको हो कि जस्तो प्रश्नहरु आइरहेको छ । सामाजिक सञ्जालमा टिप्पणी गरेको आधारमा गिरफ्तारी गर्ने, मुद्दाहरु चलाउने कुराहरु पनि मानव अधिकारको प्रतिवेदनमा समेटेर जानुपर्छ । त्यसका लागि आवश्यक तयारी पनि गर्नुपर्छ । अनि अदालतमा लैजानुपूर्व पनि धेरै मानव अधिकार उल्लङ्घन भएको हामीले महशुस गरेका छौं । एकचोटि न्यायिक हिरासतमा गइसकेको मान्छेलाई फेरी प्रहरी हिरासतमा राख्ने कुरालाई संसारको कुनैपनि मानव अधिकारले यो सही छ भनेर भन्दैन । तर हाम्रो नेपालमा त्यो अभ्यास भइरहेको छ । यो पेचिलो विषय छ ।’

उहाँले मानव अधिकार उल्लङ्घन रोक्न आवश्यक कानूनी सुधार गर्न पनि आग्रह गर्नुभयो ।

 

Nepal life insurance

अन्य समाचारहरु