सदस्यता नवीकरण पहिला नै भएको हो, ओलीसँग राष्ट्रिय राजनीतिको कुरा भयो- भण्डारी

imagesimages

 

काठमाडौँ  । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्या भण्डारीबीच भेटवार्ता सकिएको छ ।

ललितपुरको च्यासलस्थित एमाले पार्टी कार्यालयमा ओली र भण्डारीबीच भएको भेटवार्ता सकिएको हो ।

Nepal life insurance

भण्डारीले भेटवार्ता सकिएपछि राष्ट्रिय राजनीतिको विषयमा छलफल भएको र विस्तृत विवरण आधिकारिक च्यानलबाट थाहा हुने बताएकी छन् । भण्डारीले आफ्नो सदस्यता पहिले नै नवीकरण भएको बताइन् ।

एमालेको हालै बसेको सचिवालय र शनिबार सम्पन्न पोलिटब्युरो बैठक विवाद मिलाउन अध्यक्ष समेत रहेका ओलीलाई जिम्मा दिएको थियो । सोहि अनुसार आज छलफल गर्न ओलीले भण्डारीलाई बोलाएका हुन् ।

भण्डारीले यस अघि नै आफ्नो एमालेको सदस्यता नवीकरण गरिसको दाबी गरेकी छन् भने एमालेले भण्डारीको सदस्यता नवीकरण होल्डमा रहेको र पार्टीको उच्च तहले निर्णय गर्नुपर्ने बताएको छ ।

 

Nepal life insurance

अन्य समाचारहरु