




काठमाडौं । नेपाली काँग्रेसमा गुटगत भेलाले तिब्रता पाएको छ ।

डा. शेखर कोइरालाले शेरबहादुर देउवापछि पार्टीको नेतृत्व आफुले लिनेदेखि वर्तमान सरकारनै ढाल्ने प्रयास गरिरहेका बेला प्रकाशमान सिंहले पनि सक्रियता बढाएका छन् ।

उपप्रधान एवम् सहरी विकासमन्त्री समेत रहेका सिंहले आफ्नो निवासमा नेताहरुसँग छलफल अगाडी बढाएका हुन् । काँग्रेसमा पछिल्लो पटक सात भाईको उपनाम बनाएका नेताहरु सिंहसहित विमलेन्द्र निधि, विजयकुमार गच्छदार, गोपालमान, कृष्णप्रसाद सिटौला, शशांक कोइराला र डा. प्रकाशशरण महत चाक्सीबारीमा छलफलमा जुटेका हुन ।
सिंहले आउदो महाधिवेशनमा सभापतिमा दाबि गर्ने रणनीति बनाएको र सभापति बन्ने इच्छा सार्बजनिक रुपमै व्यक्त गरिसकेका छन् ।



