अध्यक्ष ओलीको निर्देशनः पार्टी तोडफोड गर्ने तत्वबाट पार्टी जोगाउन एक हुनूस्

imagesimages

 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजन गर्ने तत्वहरुबाट पार्टीलाई जोगाउन सिंगो पार्टी पंक्ति एक भएर अघि बढ्न निर्देशन दिनुभएको छ ।

Nepal life insurance

सोमवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको केन्द्रिय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले नेकपा एमालेमाथि पछिल्लो समय बारम्बार प्रहार भइरहेको र पार्टी तोडफोड र विभाजन गर्ने शक्तिहरु लागिपरेको भन्दै यसबाट पार्टीलाई जोगाउन सबै एक भएर लागन निर्देशन गर्नुभएको प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनु भयो । उहाँले ७० वर्षे उमेर हद र दुई पटक भन्दा बढी कार्यकारी पदमा बस्न नपाउनेबारे सचिवालय र पोलिटब्युरो बैठकका सम्पूर्ण सदस्यहरु सहमत रहेको बताउनु भयो । कसैले पनि यसबारेमा फरक मत नराखेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘७० वर्षको हदम्याद, कार्यकारी पदमा दुई पटक भन्दा बस्न नपाउनेबारे सचिवालयबाट पनि निष्कर्ष निकालेका छौँ । सबै सहमत भएका छौँ । कसैले पनि फरक मत छैन । पोलिटब्युरोले त्यही आधारमा निष्कर्ष निकालेको छ । पार्टी एक ढिक्का छ, एक भएर जानेछ । पार्टी विभाजन गर्ने, तोडफोड गर्नेगरी लागेका तत्वबाट पार्टी जोगाउन सिंगो पार्टी एक हुन निर्देशन गर्नुभएको छ ।’

पार्टीलाई एकढिक्का भएर अघि बढाउनुपर्ने र पार्टीमाथि भइरहेका आक्रमणको जवाफ दिनुपर्ने बताउनु भयो ।

 

Nepal life insurance

अन्य समाचारहरु