अफगानिस्तानमा ७३ लाख बालबालिकालाई लक्षित गरी पोलियो खोप शुरु

imagesimages

 

काठमाडौं । अफगानिस्तानको अन्तरिम सरकारको जनस्वास्थ्य मन्त्रालयले सोमवार पाँच वर्ष मुनिका ७३ लाख बालबालिकालाई पोलियो भाइरसबाट जोगाउने उद्देश्यले चार दिने खोप अभियानको घोषणा गरेको छ ।

सोमवारदेखि बिहीवारसम्म सञ्चालन हुने यस अभियानले देशका ३४ प्रान्तमध्ये १९ प्रान्तका बालबालिकालाई पोलियो विरोधी थोपा प्रदान गर्नेछ ।

मन्त्रालयका प्रवक्ता शराफत जमान अमरखिलले आदिवासी अग्रज, धार्मिक विद्वान र अभिभावकहरूलाई सक्रिय रूपमा सहभागी हुन र अभियानलाई उचित रूपमा कार्यान्वयन गर्न पोलियो कार्यकर्ताहरूसँग पूर्ण सहयोग गर्न आग्रह गर्नुभयो ।

 

 

Nepal life insurance