एपस्टाइनसँगको सम्बन्ध ट्रम्पद्वारा पुनः अस्वीकार

imagesimages

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिवंगत अमेरिकी फाइनान्सर जेफ्री एपस्टाइनसँग आफ्नो कुनैपनि सम्बन्ध नरहेको बताउनुभएको छ । डेमोक्र्याटहरूले यसलाई नक्कली प्रचार गरिरहेको उहाँको आरोप छ ।

ट्रम्पले स्कटल्याण्ड प्रस्थान गर्नुअघि ह्वाइट हाउसमा पत्रकारहरूलाई आफ्नो उक्त व्यक्तिसँग कुनै सम्बन्ध नरहेको स्पष्ट पार्नुभयो । २००३ मा एपस्टाइनले आफ्नो ५० औं जन्मदिनको लागि प्राप्त गरेका हस्तलिखित पत्रहरूमध्ये डोनाल्ड ट्रम्पको हस्ताक्षर भएको पत्र थियो । अमेरिकी राजनीतिक तथा व्यावसायिक अभिजात वर्गसँग व्यापक सम्बन्ध राख्ने एपस्टाइनलाई यौन अपराधको आरोपमा पक्राउ गरिएको थियो । अगस्ट २०१९ मा जेलमै उनको मृत्यु भयो ।

२०२४ को आफ्नो राष्ट्रपति अभियानको क्रममा ट्रम्पले पुनः निर्वाचित भएमा एपस्टाइनसँग सम्बन्धित कागजातहरू जारी गर्ने वाचा गर्नुभएको थियो ।

 

 

Nepal life insurance