दक्षिण अफ्रिकाद्वारा क्षयरोगविरुद्धको लडाईं तिब्र

imagesimages

 

काठमाडौं । दक्षिण अफ्रिकाले भविष्यमा क्षयरोग खोप वितरणलाई तिब्र पार्ने उद्देश्यले जोहानेसबर्गमा क्षयरोग खोप देश तयारी कार्यशाला आयोजना गरेर क्षयरोग विरुद्धको विश्वव्यापी लडाईमा प्रयासहरू तिब्र पारेको छ ।

स्वास्थ्य विभाग र   अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारहरूसँगको सहकार्यमा प्रयासहरू तिब्र पारिएको हो ।

Nepal life insurance

आयोजित कार्यक्रममा वैज्ञानिकहरू, नीति निर्माताहरू, दाताहरू र जनस्वास्थ्य विशेषज्ञहरूलाई एकै ठाउँमा भेला भएर आगामी रणनीति बनाएका छन् । एक सय वर्षभन्दा बढी समयदेखि आफूहरु आफ्ना सन्तानलाई क्षयरोगबाट जोगाउन बीसीजी खोपमा भर पर्दै आएको बताउँदै स्वास्थ्यमन्त्री आरोन मोटसोलेडीले किशोरकिशोरी र वयस्कहरूलाई जोगाउन सक्ने उपकरण नरहेको बताउनु भयो । जुन समूहहरू बिरामी हुने र क्षयरोग सार्ने जोखिममा रहेको उहाँको भनाइ छ ।

दक्षिण अफ्रिकामा प्रत्येक वर्ष ५० हजार भन्दा बढी मानिसहरू क्षयरोगबाट मृत्यु हुने गर्दछ । प्रत्येक वर्ष २ लाख ५० हजार भन्दा बढी मानिसहरूलाई क्षयरोग लाग्छ ।

 

Nepal life insurance