१० गजलकार गुञ्जिए एउटै मञ्चमा

imagesimages

 

काठमाडौं ।

सुन्दर मिलनको क्षण रातमा छ

त्यो हात उनको यो हातमा छ ।

गजलकार आँचलकुमार शर्मा यस्ता शेरमा प्रस्तुत भइरहँदा राष्ट्रिय नाचघर, जमलको मिनी प्रेक्षालयमा तालीका पर्रा छुट्दै थिए ।

डेढ सयजति श्रोताले भरिएको प्रेक्षालयमा थप माहोल तताउँदै आए बिनोद बिम्बित ।

कि बालापनमा फर्किन्थेँ तिमी आए अँगालोमा

कि यो संसार बिर्सिन्थेँ तिमी आए अँगालोमा

images

टुसा हाल्ने रहर बोकी जमिनमा भासिएको छु

कि सप्रिन्थेँ कि मासिन्थेँ तिमी आए अँगालोमा ।

images

शनिबार काठमाडौँको राष्ट्रिय नाचघरमा १० गजलकार सुन्दर र सशक्त गजलमा गुञ्जिए ।

नेपाल गजल प्रतिष्ठानले ुबहर बहारु स्थापनाको १० वर्षका अवसरमा आयोजना गरेको ुदस मिनेट, दस गजलकारु कार्यक्रममा करुण थापा, भुवन बोहरा ुनिस्तेजु, राधा कणेल, वसन्ता बराल, परी विक्रम, सुमी पोखरेल, आर्य आयुषा, आँचलकुमार शर्मा, बिनोद बिम्बित र चन्द्रकान्त जोशीले आफ्ना उत्कृष्ट गजल वाचन गरेका थिए ।

images

गजलकार राधा कणेल गुञ्जिइन् यी शब्दमाः

खोलिदेऊ कात्रो चिताबाट एकछिन

एक झलक उसलाई चिहाएर जान्छु ।

प्रस्तुत गजलहरूमा शृङ्गारदेखि समसामयिक राजनीतिक विद्रुपता, सांस्कृतिक विचलन, गिर्दो मानवीयता जस्ता भाव अभिव्यक्त भएको थियो ।

Nepal life insurance

कार्यक्रमका प्रमुख अतिथि गजलकार, कवि तथा गीतकार रवि प्राञ्जलले नेपाली गजलले परिष्कारको बाटो समातिसकेको भन्दै अब नपाली गजलले सही मार्गमा हिँड्ने आधार तयार भएको बताए ।

कार्यक्रममा गजलकार चित्र थापाको गजलकृति ‘आजाद कैदी’ विमोचनसमेत गरिएको थियो ।

 

 

Nepal life insurance