प्रतिनिधि सभामा भिजिट भिसा प्रकरणको विरोध जारी राख्ने रास्वपाको निर्णय

imagesimages

 

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को रुपन्देहीको भैरहवामा बसेको संसदीय दलको बैठकले प्रतिनिधिसभामा भिजिट भिसा प्रकरणको आवश्यक न्यायिक वा संसदीय छानबिन समितिको माग सहितको विरोध जारी राख्ने निर्णय गरेको छ ।

Nepal life insurance

प्रवक्ता मनिष झाले संसदीय दलको बैठकले भिजिट भिसा प्रकरणको आवश्यक न्यायिक वा संसदीय छानबिन समितिको माग सहितको विरोध जारी राख्ने निर्णय गरेको जानकारी दिएका छन् ।

त्यस्तै बैठकले सदनमा र संसदीय समिति हरूमा विभिन्न विधेयकहरूमा भइराखेको छलफल त्यसमा राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा हुनुपर्ने सहभागिता र थप सक्रियता बढाउने निर्णय गरको छ भने देशभित्र र प्रवास मा सङ्गठनको कार्यक्रमहरूमा रास्वपा सांसदहरूको सहभागिता सक्रियता र उपस्थितिहरूलाई अझै प्रभावकारी बनाउने सक्रियता बढाउने निर्णय गरेको प्रवक्ता झाले जानकारी दिए ।

बैठकमा कार्यवाहक सभापति डिपी अर्यालले समसामयिक राजनीतिक विषयमा अहिलेको परिस्थिति घटनाक्रम उतारचढाव भ्रष्टाचारमा व्याप्त गठबन्धन मन्त्रीहरू भ्रष्टाचारको मुद्दामा मुछिएको विषय लगायत, राष्ट्रिय स्वतन्त्र पार्टीले जारी राखेको हस्ताक्षर सङ्कलन अभियानले दलको सदस्यहरूलाई जानकारी गराएका थिए ।

त्यस्तै रास्वपाले पार्टी बर्दिया जिल्ला सभापति विपिन पौडेलको सिङ्गापुर भ्रमणको क्रममा भएको असामयिक अप्रत्याशित निधनप्रति देहान्तप्रति संसदीय दलको बैठकले श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।

रास्वपाले २०८० साल पुसमा महोत्तरीको जलेश्वरमा केन्द्रीय समितिको विस्तारित बैठक र संसदीय दलको बैठक गर्दै काठमाडौँ उपत्यका बाहिर पनि केन्द्रीय स्तरको राजनीतिक उपस्थिति जनाउने अलि फरक अभ्यास गरिरहेको सन्दर्भमा संसदीय दलको बैठक रुपन्देहीको भैरहवामा बसेको स्पष्ट गरेको छ ।

 

Nepal life insurance

अन्य समाचारहरु