इजिप्टका राष्ट्रपति र डच प्रधानमन्त्रीबीच गाजा युद्धविरामबारे छलफल

imagesimages

 

काठमाडौं ।  इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र डच प्रधानमन्त्री डिक स्कूफले शुक्रवार पछिल्लो क्षेत्रीय घटनाक्रममा फोन वार्ता गर्नुभएको छ । जसमा विशेष गरी गाजा पट्टीमा युद्धविराम सुनिश्चित गर्ने प्रयासहरूमा ध्यान केन्द्रित गरिएको थियो ।

Nepal life insurance

फोन वार्ताको क्रममा सिसिले गाजा पट्टीमा युद्धविराम सम्झौतालाई सहज बनाउन र मानवीय सहायताको तत्काल र पर्याप्त प्रवेश सुनिश्चित गर्न इजिप्टका प्रयासहरूको समीक्षा गर्नुभयो ।

उहाँले वन्धकहरूको रिहाइ सुरक्षित गर्ने महत्वलाई पनि प्रकाश पार्नुभयो । दुई–राज्य समाधान र स्वतन्त्र प्यालेस्टिनी राज्यको स्थापनामा केन्द्रित राजनीतिक प्रक्रियाको लागि मार्ग प्रशस्त गर्ने बताउनु भयो । आफ्नो तर्फबाट स्कूफले युद्धविराम सुनिश्चित गर्न, वन्धकहरूलाई रिहा गर्न र पट्टीमा मानवीय सहायता प्रदान गर्न इजिप्टको प्रयासको लागि आफ्नो देशको प्रशंसा व्यक्त गर्नुभयो । दुवै पक्षले आप्रवासन र आतंकवाद र अतिवादको सामना गर्न सहयोग बढाउने तरिकाहरूको पनि समीक्षा गर्नुभयो ।

 

Nepal life insurance