अमलेखगञ्ज—लोत्थर पेट्रोलियम पाइपलाइनको काम शुरु

imagesimages

 

अमलेखगञ्ज—लोत्थर पेट्रोलियम पाइपलाइनको काम शुरु भएको छ ।

Nepal life insurance

चितवनको राप्ती १ लोत्थरमा आज कार्यालय उद्घाटन गरिएको हो । कार्यक्रममा बोल्दै नेपाल आयाल निगमका उपनिर्देशक एवं आयोजना प्रमुख प्रदीपकुमार यादवले आजबाट परियोजना अघि बढेको र यसले अमलेखगञ्जदेखि लोत्थरसम्म पाइप लाइन बिच्छ्याउने क्रममा जनतासँगै जोडिएको विषय भएको बताउनु भयो । अहिले मोतीहारी अमलेखगञ्ज पाइपलाइन रहेको बताउनु भयो ।

उक्त परियोजनाको पाइपलाइन बिच्छ्याउने काम १५ महिनाभित्रै सम्पन्न गरेको बताउनु भयो । अमलेखगञ्ज—लोत्थरसम्म ५४ महिनामा पाइपलाइन बिच्छ्याउने काम सक्ने लक्ष्य लिइए पनि यो धेरै लागेको बताउनु भयो ।

उहाँले ५४ महिनाको काम तीन वर्षमा सक्नेगरी प्रयास गर्ने पनि बताउनु भयो ।

 

Nepal life insurance