रास्वपाको सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा

imagesimages

 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  सचिवालय बैठक आज बस्ने भएको छ ।  प्रवक्ता मनिष झाका अनुसार रास्वपाको सचिवालय बैठक आज दिउसो ३ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने भएको हो ।

Nepal life insurance

सचिवालय बैठकमा समसामयीक राजनैतिक एवं पार्टी गतिविधि, संसदीय दलको बैठक रुपन्देही अपडेट, रुपन्देही ३ उपनिर्वाचन तयारी अपडेट,  सुदुरपश्चिम प्रदेश समस्या समाधान कार्यदलको प्रगति अपडेट लगायत विषयमा छलफल हुने झाले जानकारी दिएका छन् ।

त्यस्तै बैठकमा विधान ब्याख्या (अनुशासन आयोगको प्रयोजनको लागि) अनुमोदन, रुपन्देही उपनिर्वाचन प्रयोजनको लागि निर्वाचन आयोगमा दल दर्ता, प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन सुचिबाट नाम हटाउने सम्बन्धी, अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा फ्युचर लिडर्स समिट आयोजना गर्ने बारे लगायत समेत छलफल हुने एजेण्डा रहेको छ ।

त्यस्तै बैठकमा भिजिट भिसा प्रकरण छानविन समितिको म्याद थप, केन्द्रीय समिति बैठक र प्रस्तावित विषयहरु, रणनीतिक समुहहरु गठन, विभाग प्रमुख नियुक्त ग, विदेशमा रहेका नेपालीहरुलाई मताधिकारको ब्यवस्था गर्न दवाव दिने अभियान बारे र सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध जनताको हस्ताक्षर प्रभावकारी बनाउने सम्बन्धमा छलफल हुने प्रवक्ता झाले बताएका छन् ।

 

Nepal life insurance

अन्य समाचारहरु