कक्षा १२ को मौका परीक्षाको तालिका सार्बजनिक

imagesimages

 

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को मौका (पूरक) परीक्षाको समयतालिका तथा आवेदन फारम बुझाउने सम्बन्धमा सूचना प्रकाशित गरेको छ ।

Nepal life insurance

वैशाखमा सम्पन्न कक्षा १२ को वार्षिक परीक्षामा सहभागी भई सैद्धान्तिक विषयहरूमा न्यूनतम डी ग्रेड वा सोभन्दा माथि प्राप्त गरेका तर बढीमा दुई विषयमा एनजी प्राप्त गर्ने वा दुई विषयमा अनुपस्थित भएका वा एउटै विषयमा एनजी वा अनुपस्थित भएका नियमित परीक्षार्थीहरू मात्र मौका परीक्षामा सहभागी हुन पाउने बोर्डले जानकारी दिएको छ ।

परीक्षा भदौ २८ गते शनिबार र भदौ २९ गते आइतबार बिहान ११ बजेबाट २ बजेसम्म सञ्चालन हुने भएको छ ।

Single Image

Nepal life insurance