उत्तराखण्डको बाढीमा परेका नेपालीको उद्धारका लागि कुटनीतिक छलफल भएको छ- प्रधानमन्त्री ओली

imagesimages

 

काठमाडौँ । प्रधनमन्त्री केपी शर्मा ओलीले भारतको उत्तराखण्डमा आएको बाढीमा परेका नेपालीको उद्धारका लागि दूतावास मार्फत कुटनीतिक छलफल भएको बताएका छन् ।

Nepal life insurance

प्रधानमन्त्री ओलीले बाढीमा १७ जना भन्दा बढी नेपाली नागरिक  परेको खबर आएको उल्लेख गर्दै उनीहरूको उद्दारको लागि दूतावास मार्फत तत्काल कुटनीतिक छलफल भएको बताएका हुन् ।

उनले भनेका छन्-  

छिमेकी मित्रराष्ट्र भारतको उत्तराखण्डमा बाढीले ठूलो जनधनको क्षति पुगेको दुःखद खबरले चिन्तित छु। बाढीमा १७ जना भन्दा बढी नेपाली नागरिक पनि परेको खबर आएको छ। उनीहरूको उद्दारको लागि दूतावास मार्फत तत्काल कुटनीतिक छलफल भएको थियो। बाढीपहिरोमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडामा रहेका परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्ने कामना गर्दछु ।

 

Nepal life insurance