प्रधानमन्त्री ओली भन्छन्- जनै पूर्णिमा स्वअनुशासनको प्रतीक र रक्षा बन्धनले सम्बन्धलाई अटल बनाउछ

imagesimages

 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले  जनै पूर्णिमा, ऋषि तर्पणी र रक्षा बन्धनको शुभकामना दिएका छन् ।

प्रधानमन्त्री ओलीले जनै पूर्णिमालाई सत्य, शुद्धता र स्वअनुशासनको प्रतीक मानिने र रक्षा बन्धनलाई आत्मीयजनको सम्बन्धलाई अटल बनाउने पर्वका रूपमा मनाइने उल्लेख गर्दै जनै पूर्णिमा र रक्षा बन्धनको शुभकामना दिएका हुन् ।

Nepal life insurance

त्यस्तै उनले प्राचीन विद्वानहरूका ज्ञानदीपले मानव सभ्यतालाई दिएको प्रकाशको सम्मान स्वरुप ऋषि तर्पणी मनाइने गरको उल्लेख गरेका छन् ।

उनले भनेका छन्-

आज श्रावण शुक्ल पूर्णिमा, यस दिन हामी तीनवटा सांस्कृतिक पर्व जनै पूर्णिमा, ऋषि तर्पणी र रक्षा बन्धन मनाउँछौं। वर्षे बाली लगाइसकेर चिसोबाट बच्न गेडागुडी खाने पर्वका रूपमा हाम्रा पुर्खाले यसलाई मनाउँदै आएका छन् । जनै पूर्णिमालाई सत्य, शुद्धता र स्वअनुशासनको प्रतीक मानिन्छ भने रक्षा बन्धनलाई आत्मीयजनको सम्बन्धलाई अटल बनाउने पर्वका रूपमा मनाइन्छ। प्राचीन विद्वानहरूका ज्ञानदीपले मानव सभ्यतालाई दिएको प्रकाशको सम्मान स्वरुप ऋषि तर्पणी मनाइन्छ । सबैलाई जनै पूर्णिमा, ऋषि तर्पणी र रक्षा बन्धनको शुभकामना ! सबैको जय होस् ।

 

 

Nepal life insurance

अन्य समाचारहरु