सेङलेङ चिया बगानमा गोडमेल गरि अर्घाखाँचीको भूमिकास्थानले मनायो अन्तराष्ट्रिय युवा दिवस (तस्बिर सहित )

imagesimages

 

-गोपाल प्रसाद भट्टराई।

साउन–२८,अर्घाखाँची / अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले सेङलेङमा रहेको चियाबगानमा गोडमेल गरि अन्तराष्ट्रिय युवा दिवस मनाएको छ । हरेक बर्ष अगस्ट १२ मा मनाइने यो दिवसको अवसरमा भूमिकास्थान नगरपालिका स्तरिय युवा सञ्जालको आयोजनामा मंगलबार सेङलेङमा रहेको अर्घाखाँचीकै एकमात्र चियाबगैंचामा गोडमेल गरिएको हो ।

Nepal life insurance

देउराली–लालिगुराँस सामुदायिक वनको करिब २० रोपनी क्षेत्रफलमा लगाइएका २१ हजार थान चियाको बोट रहेको बगैचामा रहेको झारपात गोडमेल र बिरुवामा उकेरा लगाउने कार्य गरिएको युवा सञ्जालका अध्यक्ष टेकराज भुसालले जानकारी दिनुभएको छ ।

May be an image of 8 people and text that says "MáG ृਥध भूमिकास्शान नि्माणाका मन्तराष्ट्रिय International InternationalYout Youth यवा लाजि दिवस- ২०ট২ दिवस-श ၁၀ Day-2025 Day- भुमिकास्थाल-१०. 90, धनचीरमा रहेका पर्यटकीय स्वसहरको अबलीक कन् तथा चिया खेती गोडमेल (संरक्षण) कायत्रम मिति: २०८२ भ्रावण నిಲಿ गते (अगस्ट-१२) :00 समय: स्थान: विहान भमिकास्थान-10, सेडलेड, अघांखांची MI 新 आयोजक भूमिकास्थान GUIne"

चिया बगानमा गोडमेल पश्चात आयोजित शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै भूमिकास्थान नगरप्रमुख झविलाल थापाले भूमिकास्थानलाई कृषि पर्यटन क्षेत्रको रुपमा विकास गर्न सकिने बताउनुभएको छ । प्राकृतिक र धार्मिक पर्यटकसंगै कृषि पर्यटनको प्रचुर सम्भावना रहेको उहाँको तर्क छ ।

May be an image of 14 people, grass, mountain and fog

व्यवसायिक कृषि, पर्यटन, उत्पादन र ब्यापार नै भूमिकास्थानको समृद्धिका आधार भएकोले कृषि पर्यटनको सुनौलो अवसर रहेको नगरप्रमुख थापाको भनाई छ । भूमिकास्थानले युवाहरुलाई रोजगारी र सबै नागरिकलाई उत्पादनमा जोड्ने कर्मशिल जनशक्ति परिचालन कार्यक्रम कार्यान्वयनमा ल्याइरहेको उहाँले बताउनुभयो । युवाहरु सकरात्मक सोंचका साथ उत्पादन र श्रममा लागेमात्रै भूमिकास्थानको समृद्धि सफल हुने भन्दै नगरप्रमुख थापाले भूमिकास्थानले ल्याएका समृद्धिका योजनामा जोडिन अपिल समेत गर्नुभएको छ ।

May be an image of 1 person, mountain and grass

प्रसिद्ध सुपादउराली आएका पर्यटकलाई सेङलेङ ल्याएर होमस्टेमा बास बसाल्ने, मसिनाको लेक, पाथिभरा मन्दिर, सेङलेङ दह र चिया बगान अवलोकन गराउने, अर्कोदिन मृगस्थली झरना, शिद्धगुफा अवलोकन गराउँदै भूमेकाथान मन्दिर सम्म पुर्याएर स्वर्गद्धारी पठाउने आफुहरुको योजना सुनाउँदै नगरप्रमुख थापाले यसलाई कार्यान्वयन गर्ने दिशामा सबैको सहयोगको खाँचो औल्याउनुभएको छ ।

May be an image of 13 people, fog, mountain and cloud

युवादिवसको अवसरमा रचनात्मक र परिणाममुखी काम गर्न आफ्नो वडालाई रोजेको भन्दै वडा नम्बर १० का अध्यक्ष खगिश्वर पन्थीले सहभागीलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

May be an image of 8 people and text

भूमिकास्थान नगरप्रमुख झविलाल थापा, वडा नम्बर १ का अध्यक्ष गोपाल खनाल, ३ का वडाध्यक्ष कृष्ण प्रसाद बनजाडे, ४ का वडाध्यक्ष बाबुराम पन्थी, ५ का वडाध्यक्ष जयगोपाल श्रेष्ठ, ६ का कार्यबाहक वडाध्यक्ष चिन्ता बहादुर बस्नेत, ९ का वडाध्यक्ष खेमराज चुँदाली, १० का वडाध्यक्ष खगिश्वर पन्थी, कार्यपालिका सदस्य गिर बहादुर नेपाली, वडा सदस्य जनकलाल गैरे, गंगा श्रेष्ठ, पत्रकार महासंघ जिल्ला उपाध्यक्ष रुद्रमणी भुसाल, युवा सञ्जालका युवाहरु, सेङलेङका स्थानिय उपभोक्ता सहित करिब एक सय जनाको सहभागितामा चियाबगानमा गोडमेल गरिएको देउराली–लालिगुराँस सामुदायिक वनका अध्यक्ष हिमनाथ खनालले जानकारी दिनुभएको छ ।

May be an image of 12 people

कार्यक्रम भूमिकास्थान नगरपालिकाका कृषिशाखा प्रमुख युवराज आचार्यको सहजीकरणमा सम्पन्न भएको हो ।

 

Nepal life insurance

 

अन्य समाचारहरु