





-काशीराम घिमिरे
अर्घाखाँची।
“भगवान श्री कृष्णको जन्म र उनका सन्देशहरु”
भगवान श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर कृष्ण जन्माष्ट्मिको मध्य रातमा भएको सम्झना स्वरुप आजको दिनलाई श्रीकृष्ण जन्माष्ट्रमी पर्व मनाउने गरिन्छ। उनी अत्यन्तै चञ्चल स्वभावका थिए भन्ने कुरा विभिन्न ग्रन्थ कथामा उल्लेख भएको पाइन्छ । उनलाइ गोबिन्दा ,काले कृष्ण ,मुरारे ,दहि चोर गरि नामले पुकारिन्छ।उनलाई सबैभन्दा मीठो लाग्ने दहि थियो ।उनी राम्रो मुरली बजाउने गर्दथे। यहीँ मुरेलिको सुरिलो आवजमा मुरेली बजाउने भगवान् श्रीकृष्णका सोह्रसय गोपिनी पनि थिए भन्ने कथा हरुमा पाइन्छ।उनलाई ज्ञान ,कर्मयोग र भक्तियोगका प्रेरता पनि भनिन्छ ।


भगवान् श्रीकृष्णको जन्म अन्याय र अत्याचार र राक्षशी प्रवृत्ति लाई अन्त्य गर्न र पृथ्वीमा भएका मानव जातिको रक्षाको लागि भएको पाइन्छ। उनले कसैमाथि अन्याय भएको देख्न सक्दैनथे उनका हरेक क्रियाकलापमा सत्य, सत्यकर्म न्याय बारे प्रेरणा प्रधान गरेको पाइन्छ ।
धर्मशास्त्रमा उल्लेख भए अनुसार भगवान् श्रीकृष्णकि आमा देवकी र कंश दाजुबहिनी हुन तर एउटा् दरलाग्दो कुरा उनले आफ्नै बहिनीको कोखबाट जन्मिएका सातौं सन्तानहरु मारिसकेका थिए ।उनको कोखबाट जन्मिने आठौं सन्तान बाट उनलाई नै मार्ने थाहा पाएपछि उनले देवकी र बासुदेव लाई सैनिकको सुरक्षा घेराभित्र जेलमा राखेका थिए। भगवान् श्रीकृष्ण जन्मिने दिनमा कडा सुरक्षा थियो ।
भगवान् बिष्णुको मोहित पार्ने शक्तिको कारक कृष्ण जन्मिएको बेला सैनिक गहिरो निद्रामा थिए।त्यसैबेला आकाशबाणी मार्फत बासुदेवलाइ नवजात शिशु कृष्णलाई बृन्दाबन स्थित नन्दको घरमा पुर्याउनु भन्ने आकाशबाणी भएको थियो।उनी कृष्णलाई बोकि हिंड्न् लाग्दा त्यहाँका बन्दढोकाहरु आफै खोलिए बासुदेव हत्तपत्त कृष्णलाई बोकि बृन्दाबन लागे त्यसबेला ठूलो पानी परेको प्रभाव उनलाइ भएन ।उनी नन्दको घरमा गएर त्यहीँबेला यसोदाको कोखबाट जन्मिएकी बालिका बोकेर आए । त्यो चाल कसैलाई भएन ।उक्त बच्चा रुहेको आवाज हुनाले बच्चा जन्मिएको बल्ल थाहा भयो।


यो कुरा कंशलाई थाहा भएपछि उसले देवकिको हातबाट थुती बालिकालाई मार्न खोज्दा उनी फुत्किएर आकशबाणी भइन र उनले भनिन हे पापी कङश तलाइ मार्ने ब्यक्ती जन्मिएको छ र सुरक्षित छ।उनले भनेकी थिइन।

भगवान् श्रीकृष्ण भगवान् बिष्णुको आठौं अवतारको रुपमा जन्मिएका थिए । उनको जन्मनै अन्याय ,अत्याचार र राक्षशी प्रवृत्तिबाट सम्पुर्ण मानवको रक्षा गर्ने थियो।उनले सत्यको पक्षमा सत्कर्मको पक्षमा मानव समुदायलाई प्रेरित गरेको पाइन्छ ।
कौरव र पाण्डवका बिच भएको धर्म युद्धमा सत्यको पक्षमा रहेका पाँच पाण्डव मध्ये एक अर्जुनलाई युद्धको समयमा दिएको शिक्षा उपदेश नै श्रीमद् भागवत गिता हो।यसैकारण श्रीमद्भागवत गितालाई हिन्दुको पबित्र ग्रन्थ मानिन्छ ।
धर्मको संरक्षण सत्य र न्यायको पक्षमा रहि मानव रक्षा गर्न र राक्षसि प्रवृत्ति भएका कंङश जस्ता दानवी प्रवृत्तिको अन्त्य गर्न उनको जन्म भगवान् बिष्णुको आठौं अवतारको रुममा भएको पाइन्छ।समय सँगसँगै भगवान श्रीकृष्ण बढदै गए उनले आफ्नो मामा कंशले अन्याय अत्याचार गरेको र आफ्ना बुवाआमा र हजुरबुवालाई थुनेर राखेको निकै यातना दिएको कुरा थाहा पाए।यो उनले सहन सकेनन युद्ध गरि कंशलाइ बद गरि आफ्ना बुवाआमा र हजुरबुबालाई जेल मुक्त गरि लिएर आए।

उनले युद्धको बेला अर्जुनलाई ज्ञान शिक्षा उपदेश प्रेरणा दिएका थिए ।हे अर्जुन युद्धको किन चिन्ता गर्दछौं काम गर फलको आशा नगर ।उनले श्रीमद्भागवतमा भनेका कुरा अनुसार जवजव पृथ्वीमा धर्मको लोप हुन्छ र पाप बढछ ,त्यसबेला धर्मकोरक्षाको लागि मानव रुपि धारणगरी धर्तिमा जन्मलिनेछु।
यसरी धर्म शास्त्र अनुसार के पाउन सकिन्छ भने भगवान श्रीकृष्ण सत्य र न्यायका प्रमुर्ती थिए ।उनले अन्याय अत्याचार सहदैन थिए ।उनले आजिवन सत्कर्मको लागि मानव समुदायलाई प्रेरित गरेको पाइन्छ। उनले गरेका सहि काम सत्कर्म न्याय बारे उनको कृष्ण चरीत्रमा पाउन सकिन्छ। उनले मानव जाती लाई सधैं सत्य सत्यकर्म धर्म न्यायमा लाग्न र अन्य ब्यक्ती माथी अन्याय नगत्न सन्देश दिएको पाइन्छ।

युद्धको समयमा अर्जुनलाई दिएका प्रेरणा हरुले के बुझिन्छ भने हरेक काम गर्दा फलको आशामा मात्रै नभइ सत्य सत्यकर्म गरौं ।कसैमाथि अन्याय नगरौं भन्ने उनको सन्देशमा पाउन सकिन्छ ।त्यसैले उनले सत्कर्म न्याय शान्तिको बाटोमा काम गरेको हुनाले भगवान् श्रीकृष्ण जन्मिएको दिन पारेर उनको सम्झनामा यो पर्व विभिन्न विधि अनुसार मनाउने गरिन्छ।
त्यसैले जिवनमा सबैले सत्कर्म गरौ सत्यकाम गरौँ यहीँ नै सबैभन्दा राम्रो काम हुने गर्दछ।

काशीराम घिमिरे
अर्घाखाँची



