अनेमसंघद्धारा अर्घाखाँचीमा तिजमिलन कार्यक्रम सम्पन्नः अधिकारको निम्ती महिला एकता हुनुपर्नेमा महासचिव रानाको जोड (तस्बिर सहित )

imagesimages

 

-गोपाल प्रसाद भट्टराई

अर्घाखाँची – अखिल नेपाल महिला संघ केन्द्रिय महासचिव सकुन्तला रानाले महिला अधिकारीकर्मिहरुको एकता हुन नसक्दा हिंसामा परेका महिलाले न्याय पाउन नसकेको आरोप लगाउनुभएको छ । संविधानमा उल्लेख भएका अधिकार र पिडकलाई दिने दण्डको कार्यान्वयनमा सरकार चुकिराखेको र अधिकारकर्मिद्धारा राज्यलाई दबाब नपुगेको उहाँको भनाई छ ।

May be an image of 11 people, flute and violinNepal life insurance

अनेमसंघ अर्घाखाँचीले सोमबार सन्धिखर्कमा आयोजना गरेको तिज मिलन कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव रानाले यस्तो बताउनुभएको हो । निर्मला पन्तको बलत्कारपछि हत्या भएको ७ बर्ष पुगिसक्दा पनि न्याय नपाउनु बिडम्बना भएको उहाँको तर्क छ ।

May be an image of 5 people

महिलालाई दोस्रो दर्जाको ब्यवहार गर्ने पितृ सतात्मक यो देशका शासकहरुमा अझै पनि चेत नखुलेको भन्दै महासचिव रानाले महिला अधिकार र मुक्तिको निम्ती महिला एकताको खाँचो औल्याउनुभएको छ । नेपालका हरेक पर्वलाई विकास र सचेतनासंग जोडेर मनाउनुपर्नेमा उहाँको जोड रहेको छ ।

May be an image of 11 people and people smiling

राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन के.सी. र अखिल नेपाल युवक संघ जिल्ला सचिवालय सदस्य रिता बन्जाडेले नेपालमा पर्व मनाउने नाममा हुने तडकभडक रोक्नुपर्ने र समाजको एकता र सद्भावलाई बढानुपर्नेमा जोड दिनुभएको छ ।

May be an image of 15 people and text

कार्यक्रममा राजमो नेता शेर बहादुर वि.सी., केन्द्रिय सदस्य तथा भूमिकास्थान नगरप्रमुख झविलाल थापा, केन्द्रिय सदस्य यमलाल पोख्रेल, जिल्ला अध्यक्ष थम्मन के.सी., जिल्ला सचिव तथा भूमिकास्थान–४ का वडाध्यक्ष बाबुराम पन्थी, नेकपा मसालका जिल्ला प्रवक्ता पशुपति ढकाल, राजमो जिल्ला उपाध्यक्ष गोपाल पौडेल, कोषाध्यक्ष गोविन्द वि.सी., नेता दिलदार हुसेन, लगायतको आतिथ्यता रहेको थियो ।

May be an image of 14 people, people studying and text

कल्पना पोख्रेलको अध्यक्षता, लिला भुसालको स्वागत मन्त्वय र मिना वि.सी.को संचालनमा सम्पन्न कार्यक्रममा अनेमसंघमा आबद्ध महिलाहरुले प्रगतिशिल तिजगित गाएर नाँच्दै रमाइलो गरेका थिए ।

थप तस्बिर:

May be an image of 18 people, violin and text

May be an image of 14 people and text

May be an image of 1 person and temple

May be an image of 3 people

May be an image of 16 people and temple

May be an image of 18 people and text

 

Nepal life insurance

अन्य समाचारहरु