




-दिनेश गैरे, अर्घाखाँची डटकम।
अर्घाखाँची – धातिवाङ्ग काठमाडौं सम्पर्क समाजको आयोजना मा तिज मिलन तथा दर खाने कार्यक्रम काठमाडौं मा सम्पन्न भएको छ ।


अर्घाखाँची को धातिवाङ्ग जन्मस्थल भइ हाल काठमाडौं लाई कर्मथलो बनाइ बस्नु भएका सयौ बुबा आमा दाजु भाइ दिदिबहिनी हरु को उपस्थिति र त्याहाँका स्थानीय को समेत उपस्थिति मा उक्त तिज बिशेष कार्यक्रम भएको हो ।

उक्त कार्यक्रम मा कलाकार पदम न्यौपाने, संगम रासकोटि को तिज विशेष प्रस्तुति ले उक्त कार्यक्रम झन रमणीय बनेको थियो ।


आपसी सद्भाब मेलमिलाप चिनजान को लागि उक्त कार्यक्रमले टेवा पुर्याएको धातिवाङ्ग घर भई हाल काठमाडौं मा आफ्नो ब्यवसाय गर्दै आउनु भएका बिशाल पौडेल ले हामी लाई बताउनु भएको थियो ।

कार्यक्रम एक आपस मा तिजको शुभकामना आदान प्रदान गर्दै सम्पन्न भएको छ ।
थप तस्बिर :





