पुर्व मुख्यसचिव डा. अर्यालसहित १२ जनाविरुद्धको भ्रष्टाचार मुद्धामा अख्तियारको पुनरावेदन

imagesimages

 

काठमाडौँ । अख्तियारल पुर्व मुख्यसचिव डा. बैकुण्ठ अर्यालसमेत रहेको सुरक्षण मुद्रण केन्द्रको अन्तःशुल्क स्टिकर छपाई गर्दा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाको पुनरावेदन गरेको छ ।

Nepal life insurance

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट सुरक्षण मुद्रण केन्द्रले अन्त:शुल्क स्टिकर छपाई सम्बन्धी कार्य गराउँदा सोमा संलग्न सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयका तत्कालीन सचिव डा. बैकुण्ठ अर्याल समेतका १२ जना प्रतिवादीविरुद्ध ३८ करोड ६७ लाख १७ हजार ६४० भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले २०८१ मङ्सिर १३ गतेको फैसलाबाट केही प्रतिवादीलाई आंशिक ठहर गरी केही प्रतिवादीलाई सफाई दिएकोले सो फैसला चित्त नबुझी भदौ ८ गते आइतबार सर्वोच्च अदालतमा पुनरावेदन गरिएको जानकारी दिएको छ ।

 

Nepal life insurance

 

अन्य समाचारहरु