बिरगञ्जको हैजा नियन्त्रणका लागि रौतहटवाट चिकित्सक टोली प्रस्थान

imagesimages

 

रौतहट ९ भदौ ।वीरगञ्ज महानगर आसपास क्षेत्रमा देखिएको झाडापखाला र हैजा नियन्त्रणका लागि प्रादेशिक अस्पताल गौर, रौतहटबाट चिकित्सकसहितको स्वास्थ्यकर्मी टोली परिचालन गरिएको छ।

Nepal life insurance

गत शुक्रबारदेखि वीरगञ्ज क्षेत्रमा झाडापखाला र हैजाका बिरामीहरू देखिन थालेपछि सोमवार गौरबाट डाक्टर परशुराम यादव र डाक्टर विष्णुकुमार साह नेतृत्वको टोली नारायणी अस्पतालमा खटिएको हो।

प्रादेशिक अस्पताल गौरका अध्यक्ष मोहम्मद अनवर हासमीका अनुसार वीरगञ्जमा रोग फैलिन थालेपछि तत्काल सहयोगस्वरूप दुई जना चिकित्सक र तीन जना स्वास्थ्यकर्मीको टोली पठाइएको छ।

“चिकित्सकसहितको टोलीले बिरामी उपचारमा सहयोग गर्नुका साथै हैजा र झाडापखाला नियन्त्रणका लागि आवश्यक समन्वय गर्नेछ,” अध्यक्ष हासमीले जानकारी दिएका छन्।

स्वास्थ्य कार्यालय पर्साका अनुसार हालसम्म वीरगञ्जमा ७९ जना हैजाका बिरामी भेटिएका छन् भने झाडापखालाजन्य लक्षण देखिएका १०३ जना विभिन्न अस्पतालमा उपचाररत छन्।

images

 

Nepal life insurance

images