इम्बोस्ड नम्बर प्लेट जडान नगर्न यातायात व्यवासायीको आग्रह, निर्णय फिर्ता लिन चेतावनी

imagesimages

 

काठमाडौँ । सवारी साधनमा असोज एक गतेदेखि अनिवार्य इम्बोस्ड नम्बर जडान गर्ने सरकारको निर्णयलाई यातायात व्यावासायीहरूले विरोध गरेका छन् । सार्वजनिक यातायात कन्द्रीय महासंघ नेपालले सरकारको यो निर्णय अविस्कार गर्ने घोषणा गरेको छ ।

Nepal life insurance

सरकारले जबरजस्ती इम्बोस्ड प्लेट जडान गर्न खोजे विरोध हुने र त्यसपछि हुने थप गतिविधि प्रति स्वयम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय जिम्मेवार हुने महासंघले चेतावनी दिएको छ ।

महासंघका महासचिव भरत नेपालले सोमबार विज्ञप्ति निकाल्दै इम्बोस्ड नम्बर जडान गर्ने सरकारको निर्णयमा संशोधन र सुधार नगरेसम्म सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान नगर्न आग्रह गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ- ‘सरोकार पक्षबीचको छलफल संम्वादका क्रममा देखिएका अव्यवहारिक विषयको संशोधन र सुधार नभइ सार्वजनिक, पर्यटन, ढुवानी, निजीलगायत सबै यातायात क्षेत्रको तर्फबाट इम्बोस्ड नम्बर प्लेट जडान नगर्न अनुरोध छ ।’

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको यातायात व्यवस्था विभागले गत भदौ ३ गते निकालेको सूचनामा नेपालको पान्डु लिपी नेपाली भाषा नै लोभ हुने, राष्ट्रिय स्वाभिमान र राष्ट्रमाथि नै आँच आउने गरी इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न खोजिएको यातायात व्यवासायीको भनाइ छ । भदौ ३ गते विभागबाट जारी गरिएको सूचनामा आगामि असोज १ गतेदेखि सार्वजनिक, पर्यटन र ढुवानी यातायातका सवारी साधनमासमेत अनिवार्य जडान गर्न परिपत्र गरिएको छ ।

मुलुकमा कुनै पुर्वाधार बिनै सम्पन्न देशको प्रविधि भित्र्याई आम नागरिक सिंगो व्यवसाय क्षेत्रमाथि थप आर्थिक व्ययभार हुने गरी विदेशी ठेकेदार कम्पनीसँगको सहकार्यमा सरकारी पक्षबाट एक पक्षीय रुपमा निर्णय गरिएको व्यवसायीको आरोप छ ।

सरकारको यस्तो निर्णयबाट सुरक्षाका कारण झन खतरा, नेपालीको गोपनीयता सम्पूर्ण विवरण विदेशीको नियन्त्रणमा रहने, राष्ट्र नै कमजोर हुने यातायातलगायतका समस्या रहेको व्यवसायीको भनाइ छ ।

यातायात व्यवसाय क्षेत्रमा जडान गर्न अनिवार्य गरिएको इम्बोस्ड नम्बर प्लेट हरेक कोणबाट तत्काल व्यवासायीको हित विपरित र व्यवहारिक नभएको भन्दै सार्वजनिक, पर्यटन, ढुवानी र निजी नम्बर प्लेटका सवारी साधनहरुमा समेत अनिवार्य गर्न खोजिएको निर्णय प्रति गम्भिर हुन यातायत व्यवासायीले नागरिक समाज, सञ्चार, कानून व्यवसायी तथा सबै यातायात क्षेत्रलाई अनुरोध गरेका छन् ।

Nepal life insurance